काठमाडौं । प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी महिला पक्राउ गरेका छन् ।नेपालबाट भारत जन लागेका दुवै जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा थाई नागरिक ३२ वर्षीया वान्विसा जन्टासन र वारापर्न खुर्सोम्बात छन् ।वान्विसाको साथबाट एक हजार र पाँचसयका एक लाख ७९ हजार ५०० र वारापर्नको साथबाट एक लाख १५ हजार भारतीय रुपैयाँसमेत बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक कार्बाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

















