Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

१६ वर्षपछि हत्या आरोपी पक्राउ
मृतक राईको आफन्त भने अझै फेला पर्न सकेका छैनन्

१६ वर्षपछि हत्या आरोपी पक्राउमृतक राईको आफन्त भने अझै फेला पर्न सकेका छैनन्

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको छ । १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्या गरेको आरोपमा ४६ वर्षका गुरुङ पक्राउ परेका हुन् ।

व्यक्ति हत्याका दुई आरोपीलाई प्रहरीको इन्टरपोल शाखामार्फत कतार र बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ।कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ १५ वर्षपछि पक्राउ परेका हुन्।

विसं २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारका क्रममा जेठ २ गते मृत्यु भएको थियो। उक्त घटनामा संलग्न रहेका आरोपी गुरुङ घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए।

गुरुङलाई प्रहरीले इन्टरपोलको सहयोगमा बहराइनबाट पक्राउ गरी मंगलबार नेपाल ल्याएको हो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति लिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिए । पोखरा सातमुहाने घर भएका गुरुङ हत्याको घटनापछि कुवेत र बहराइन पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले घटनाका प्रत्यक्षदर्शीको भनाइ र घटनास्थल मुचुल्काका आधारमा अनुसन्धान अघि बढाइ गुरुङलाई पक्राउ गरिएको बताए ।उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध आएपछि प्रहरीको इन्टरपोल महासचिवालयबाट २०७८ मङ्सिर २७ मा ‘रेड नोटिस’ जारी गरिएको थियो।

सुनसरी धरानका रोजन राई पोखरामा मजदुरी गर्थे । उनले साविक लेखनाथ नगरपालिका–१३, सातमुहानेस्थित खुदी खोलामा ग्याबिन तारमा ढुंगा भर्ने काम गर्थे । प्रहरीका अनुसार २९ वैशाख ०६३ को राति करिब ८ः४५ बजे गुरुङले राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।टाउकोमा दाउरा प्रहारले गम्भीर घाइते भएका राईलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याइएको थियो । तर, उपचारकै क्रममा २ जेठ २०६३ मा उनको मृत्यु भयो ।घटनापछि गुरुङ फरार भए ।

घटनापछि पोखराबाट काठमाडौं पुगेको र त्यहाँ तीन महिना बसेको देखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी तिवारीले बताएको भनाइ छ । ‘तीन महिना काठमाडौं बस्दा पनि फरक फरक होटलमा बसेको पाइयो । उनी एउटा होटलमा बढीमा पाँच÷सात दिनमात्रै बस्थे’ तिवारीले भने, ‘फोन पनि चिनेजानेको मान्छेको मात्रै उठाउँथे ।’घटनाको अनुसन्धान अघि बढाएको प्रहरी गुरुङसम्म पुग्न सकेन । त्यसको फाइदा उठाउँदै उनी काठमाडौंबाट पोखरा फर्किएर १० लाख रुपैयाँ लिएर भारत हुँदै कुवेत पुगे । ‘प्रहरीले सम्पूर्ण डाटाबेस राखेको थिएन । तर, उनी आफैं हत्या पश्चात भाग्दै हिँडेको देखियो । पोखरा आउँदा पनि राति दुई बजे आएको देखिन्छ,’ एसपी थापाले भने ।

दुई वर्ष कुवेत बसेर नेपाल फर्किएका गुरुङ काठमाडौंमा बस्न थाले । २०६६ सालतिर उनी फेरि बहराइन गए । बहराइनबाट भने नेपाल फर्किएका थिएनन् । गुरुङ नभेटिएपछि हत्याको अनुसन्धान भने थाती नै रह्यो ।गत असारमा कास्की प्रहरी प्रमुख भएर आएका एसपी रमेश थापाले ११ भदौ मा रोकिएका फाइलको अनुसन्धान अघि बढाउन निर्देशन दिए । प्रहरीले तत्कालीन समयको मुचुल्का नियाल्यो, घटनाका प्रत्यक्षदर्शीसँग सोधपुछ ग¥यो ।

घटनाका प्रत्यक्षदर्शीले अन्दाजी ३२÷३३ को पुरुषले राईलाई कटुसको दाउराले प्रहार गरेको देखेको र छेक्ने र छुटाउने कामसमेत गरेको प्रहरीमा बयान दिए /‘मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै रोजनलाई तेरो घर कहाँ छ ? के काम गर्छस् ? को हो भन्दै गालामा एक थप्पड हानेपछि उनी भाग्दै सिसुवातर्फ भागे । त्यसपछि पनि पछिपछि लखेट्दै गएको थियो,’ प्रत्यदर्शीको भनाइ उधृत गर्दै डीएसपी तिवारीले भने, ‘केही पर पुगिसकेपछि केही हल्ला भएको सुनियो । त्यहाँ पुगेर हेर्दा उनले राईको टाउकोमा समेत चोट लागेको देखियो ।’अनुसन्धानपछि प्रहरीले थाहा पायो, घटनाका आरोपी अशोक गुरुङ हुन् । तर, उनी बहराइनमा थिए ।

इन्टरपोलको सहयोगमा आरोपी गुरुङलाई १ पुसमा बहराइन पुलिसले पक्राउ गर्‍यो ।कूटनीतिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले नेपाल ल्याउन लामो समय लागेको एसपी थापाले जानकारी दिए । ‘पीडितको पक्षमा राज्यले जनुसुकै बेला पनि सहयोग गर्छ । अपराध गरिसकेपछि कोही त्यसबाट भाग्न सक्दैन भन्ने देखाएका छौं,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।१६ वर्षअघिको घटनाको फाइललाई पुनः अनुसन्धान प्रक्रिया अघि बढाएर प्रहरी अभियुक्तसम्म पुग्यो । तर, मृतक राईको आफन्त भने अझै फेला पर्न सकेका छैनन् ।राई कसरी पोखरा आइपुगे र उनका आफन्तबारे अझै सम्पर्क हुन नसकेको एसपी थापा सुनाउँछन् ।

‘आफन्त (मृतकका) कोको हुनुहुन्छ अझै थाहा छैन । अर्को जिल्लाबाट अर्को जिल्लामा काम गर्न आएकाले पनि पहिचान गर्न गाह्रो भइरहेको छ,’ उनले भने ।मृतक राईको ठेगानासमेत तत्कालीन समयको मुचुल्काका आधारमा मात्रै पत्ता लागेको एसपी थापाले जानकारी दिए । ‘घटना एकदमै पुरानो हो । अहिले हामी सम्बन्धित ठाउँका प्रहरी, प्रशासनसँग समन्वय गरेर मृतकका आफन्त पहिचान गर्ने प्रयासमा छौं,’ उनले भने ।

टाउकोमा दाउरा प्रहारले गम्भीर घाइते भएका राईलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको थियो । तर, उपचारकै क्रममा २ जेठ २०६३ मा उनको मृत्यु भयो । तर, मृतक राईको आफन्त भने अझै फेला पर्न सकेका छैनन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh