सिराहा । नेपाली कांग्रेस सिराहाको १४औँ अधिवेशनबाट रामचन्द्र यादव सभापतिमा विजयी भएका छन् । जनता माध्यमिक विद्यालय गोलबजारमा भएको मतदानको परिणाम अनुसार रामचन्द्र यादबले १ हजार ४ सय २६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व रामसुन्दर चौधरीले ८ सय ८८ मत प्राप्त गरेका छन् ।

सभापतिका प्रतिस्पर्धाको ५ सय ३८ मतान्तर फरकले रामचन्द्र यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

















