धरान । नेपाली कांग्रेस धरानको नयाँ नेतृत्व सामाजिक सेवामुखी राजनीतिमा लागेको छ । पार्टीको चौधौं महाधिवेशनबाट आएको युवाहरुको टिमले नयाँ तरिकाले जनताको माझ जाने नीति अपनाएको हो । धरामा सामाजिक सेवाको माध्यमबाट राजनीति गर्ने शुरुआत स्वरुप कांग्रेसले सोमवार ११२ औं अन्तराष्ट्रिय नारी दिवस मनाउँदै निःशुल्क स्वास्थ्य शिविर आयोजना ग¥यो ।

कांग्रेस धरान उपमहानगर समितिको गतःसाता सम्पन्न दोश्रो पूर्ण बैठकमा सभापति श्याम पोखरेलले पार्टीले अब राजनीतिक कार्यक्रमका साथै सामाजिक सेवामा पनि संलग्न हुने उद्घोष गरेका थिए । रानजीतिक कुरा गरेर मात्र अब जनताको विश्वास आर्जन गर्न सकिन्न अब उनिहरुको दुःखसुखका कुरामा सामेल हुन सामाजिक सेवाको कार्यमा पार्टी संलग्न हुन जरुरी भएको उनको भनाई थियो ।
यसअघि वडाहरुमा राहत लगायतका सामाजिक सेवाका कार्य भएतापनि जनतालाई प्रत्यक्ष लाभ पु¥याउन पार्टीले नीतिगत कार्यक्रम निर्धारण गर्ने निर्णय गरेको थिएन् । दोश्रो पूर्ण बैठकबाट उपमहानगर समिति, वडा समिति तथा भातृ संस्थाहरुले सामाजिक सेवाका कार्यक्रमहरु तर्जुमा गर्ने निर्णय भएको हो ।
बैठकमा घोषित कांग्रेस उपमहानगर समितिको निःशुल्क स्वास्थ्य शिविर महिला विभागको आयोजनामा भएको छ । धरान–२ निकेतन गल्ली स्थित पार्टी कार्यालयमा भएको शिविरमा २ जनाले स्वस्थ्य परिक्षण गराएका थिए । बयोवृद्ध महिला देखी युवाहरु शिविरमा परिक्षणका लागि आएका थिए । शिविरमा वीपी प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी संलग्न थिए ।
सोही अवसरमा कांग्रेस महिला अगुवाहरुलाई पार्टीले सम्मानपत्र प्रदान गरेको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि कांग्रेस प्रदेश १ महासचिव उमेश थापा थिए । प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, जिल्ला सभापति केदार भण्डारी, जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य धरानका मेयर तिलक राईले नगर समितिको सामाजिक सेवाका नीतिलाई अनुकरणिय भएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !