सर्लाही । सर्लाहीको त्रिभुवननगर नाकाबाट सशस्त्र प्रहरीको संरक्षण र सेटिङमा ठूलो तस्करी धन्दा चलिरहेको छ। सशस्त्र प्रहरीको सेटिङमा यो तस्करी धन्दा मौलाएको हो । डेढ दर्जन व्यापारीहरूलाई तस्करीको लाइन दिएका छन् ।

तस्करीको लाइन पाउनेहरूमा हुसेनी कपडा , गजेन्द्र साह कपडा , राजेश महत्तो कपडा , सरिता चौधरी कपडा , रिता साह कपडा , राजा किराना, दिनेश महतो कपडा , व्यासजी कपडा , माधव कपडा , नासिर भैंसी , नुरहसन खसीबोका , लम्बु खसीबोका , मनाङ कुखुरा , गौरीशंकर यादव हार्डवेयर , श्याम साह र बिरेन्द्र हार्डवेयर , मनोज दास , त्रिपाल र सुबोध हार्डवेयर , मनिष चौधरी किराना , सुधिष यादव किराना र हिरिया जिरियाको १५ जनाको समूह किरानाको काम गर्ने छन् ।
यी व्यापारीहरूलाई सई साहले मासिक रकम बुझाउने गरि तस्करीको लाइन दिएका छन् ।

















