काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक तीन घण्टा पर सरेको छ ।आज विहान ११ बजेबाट बस्ने भनिएको बैठक तीन घण्टा ढिलो दिउँसो २ बजेबाट सुरु हुने जनाईएको छ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिनेछन् ।यअघि राष्ट्रियसभा गृहमा बसेको केन्द्रीय कमिटी बैठक आज भने बत्तिसपुतलीस्थित् अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ।
यही केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने पनि कार्यतालिका छ ।
