एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाई गत हप्ता तीन पटक मार्ने प्रयास भएको छ।रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत साता उनलाई तीन पटक गोली हानिएको बेलायती पत्रिका द टाइम्स्ले जनाएको छ ।

तर हत्याको प्रयास रुसी एजेन्सीहरुकै कारण विफल भएको थियो । रुसी ‘फेडरल सिक्योरिटी ब्यूरोको’का कर्मचारी युक्रेन युद्धको विपक्षमा थिए । उनीहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको हमलाको पक्षमा थिएनन् । जसले गर्दा जेलेन्स्की बाँच्न सफल भए । जेलेन्स्कीले आफ्नो देशप्रति देखाएको वफादारितालाई लिएर अहिले उनको सबैतिर प्रशंशा गरिएको छ ।
कहिले उनी आफै युद्ध मैदानमा उत्रिएका तस्वीरहरु सार्वजनिक भएका छन् भने कहिले उनी आफ्नो देशको रक्षार्थ आफ्ना देशका सेनाहरुलाई हौसला बढाइरहेका छन् । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको एक हप्ता भइसकेको छ । यसमा कैयन युक्रेनी नागरिकको मृत्यु भइसकेको छ भने दश लाख बढी युक्रेनका नागरिक युद्धबाट बच्न छिमेकी देशमा शरण लिन पुगेका छन् ।
रुसले युक्रेनका विभिन्न शहर आफ्नो नियन्त्रणका लिएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार रुसले जेलेन्स्कीको हत्या गर्न विभिन्न समूह परिचालित गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !