एजेन्सी । युक्रेन आक्रमणका क्रममा रुसी सेनाको कमाण्ड सम्हालिरहेका मेजर जनरल आन्द्रेई सुखोवत्स्कीको युक्रेनी सेनाले गोली हानी ह त्या गरिदिएका छन्। रुसको सैन्य सुत्रले डेली मेललाई बताए अनुसार मेजर जनरलमाथि युक्रेनी स्नाइपरले गोली हानेका थिए।

युक्रेनको राजधानी किभबाट करिब ४८ किलोमिटर पर उनी मारिएका हुन् ।
सुखोवत्स्कीको ह त्या रुसका लागि गम्भीर बिषय बनेको छ। रूसी सेनाले अहिलेमसम्म आधिकारिकरुपमा मेजर जनरलको मृत्युको पुष्टि भने गरेको छैन।
उनको अन्तिम संस्कार शनिवार गरिनेछ। सुखोवेत्स्की ४७ वर्षका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !