सर्लाही । सशस्त्र प्रहरी बलकाे १० नम्बर गण , बाहिनी र सुरक्षा बेशकाे संयुक्त टाेलीले झण्डै १० लाख बराबरको तस्करी गरि ल्याएको कपडा र सवारी साधन समेत बरामद गरी भन्सार बुझाएको छ ।

१० नम्बर गणबाट असई रामकेवल रायको कमाण्डमा रहेको पाँच जनाको समूह र सुरक्षा बेश धरहराबाट सई कृष्ण नन्दन रायको कमाण्डमा खटिएको दुई गरि सात जनाको टाेलीले उक्त तस्करीको कपडा बरामद गरेको हो ।
बागमती नगरपालिका १ सीता पार्टी प्यालेस स्थित टाेलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा १७ च २३०१ नम्बरको भ्यान शंका लागि चेकजाँच गर्दा अवैध रूपमा भन्सार छलि ल्याउदै गरेको ९ लाख ६४ हजार ५०० बराबरको लत्ताकपडा र १० लाख बराबरको भ्यान गरि १९ लाख ६४ हजार ५०० बराबरको सामान भन्सार बुझाएको हो ।
खटिएका सशस्त्र प्रहरीहरूमा बेशका सई कृष्ण नन्दन राय यादव र हवल्दार श्रवण कुमार यादव थिए भने गण र बाहिनी बाट खटिएका हरूमा असई रामकेवल राय , हवल्दार रामु बहादुर मगर , सहायक हवल्दार अशोक प्रसाद यादव र सिपाहीहरू राेशन कुमार मिश्र र कुशल गुरूङ छन् ।

















