बारा । सशस्त्र प्रहरीले लागू औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा लागू औषध गाजा बरामद गरेको हाे । बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीको स्कवार्ड टिमकाे विशेष टोलिले भारी मात्रामा लागू औषध गाजा बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको टोलिले लागू औषध गाजा बरामद गरेको हो ।

बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाति र इनर्वाको चौर बाटाे हुँदै भारततर्फ लादैगरेको लागू औषध गाजा ५० किलोग्राम बरामद गरिएको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो ।
बिशेष सूचनाको अधारमा खटिएको स्कवाड टोलिलाइ हेर्नसाथ तस्करहरू फरार भएपनी लागू औषध गाजा बरामद गर्न सफल भएको, उनले बताए । बरामद गरिएको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो ।

















