Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नारायणकाजी श्रेष्ठ पक्ष असन्तुष्ट माओवादी केन्द्र विभाजनको संकेत


नारायणकाजी श्रेष्ठ पक्ष असन्तुष्ट माओवादी केन्द्र विभाजनको संकेत

काठमाडौँ । प्रतिनिधि सभाले गत आइतबार अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदनपछि माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरूमा असन्तुष्टि चुलिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल पक्ष एकलौटी रूपमा अघि बढेको र आफूहरूको कुरा नसुनेको भन्दै उनीहरूले गुनासो गरेका छन् । संस्थापन पक्षका नेताहरूले भने पार्टी निर्णयविपरीत सार्वजनिक रूपमा बोलेको भन्दै श्रेष्ठप्रति आलोचना गरिरहेका छन् । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ । पूर्वएकता केन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आकलनकाबीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गरेका थिए । भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्या नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गरेका थिए ।

पार्टी अध्यक्ष दाहालले नै सोमबार नेता श्रेष्ठलाई ‘पार्टी छाडेर गए पनि हुने’ आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ पक्ष झन् चिढिएको छ । हात्तीवनस्थित आफ्नो निवासमा दाहालले पार्टीभित्रका कमीकमजोरी समीक्षा गरेर जानुपर्ने उल्लेख गर्दै आफ्ना कुरा केन्द्रीय समितिमा राख्न श्रेष्ठलाई सुझाव दिएका थिए ।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार हात्तीवनमा भएको भेटमा आगामी केन्द्रीय समिति बैठकबारे पनि छलफल भएको थियो । ‘अध्यक्ष दाहाल र नेता श्रेष्ठबीच सौहार्दपूर्ण वातावरणमा छलफल भयो । अध्यक्ष दाहालले पार्टीको निर्णय पार्टी कमिटीमै राख्नुपर्ने र चुनावका बेला विवाद देखाउन नहुने बताउनुभयो,’ उनले भने । एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए ।

लीलामणि पोखरेलले पनि एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असन्तुष्टि जनाएका थिए ।व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि श्रेष्ठले सामाजिक सञ्जालमा पनि असन्तुष्टि व्यक्त गरेका थिए । उनले लेखेका थिए, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् ।

सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’ श्रेष्ठले सार्वजनिक रूपमा असन्तुष्टि राख्नुअघि दाहालले पार्टीमै असहमति राख्न सुझाएका थिए । एमसीसी सम्झौता अनुमोदनपछि श्रेष्ठ पक्षधरले छुट्टै भेलासमेत गरेको थियो । संस्थापनले एकताबाट आएका आफूहरूलाई अझैसम्म पनि माओवादी नमानेकाले पनि पार्टीमा बसिराख्नुको औचित्य नभएको श्रेष्ठ पक्षधर नेताहरूको भनाइ थियो । अध्यक्ष दाहालले भने सोमबार महाकाली सन्धिपछि वामदेव गौतमले एमाले विभाजन गरेर माले गठन गर्दा एक सिट पनि नजितेको उदाहरण दिँदै नेता श्रेष्ठमाथि टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिपछि श्रेष्ठ समूहमा तीव्र असन्तुष्टि छ ।


नेकपा (माओवादी केन्द्र)मा विभाजनको संकेत देखिन थालेको छ। नेता नारायणकाजी श्रेष्ठले आफूनिकट नेताहरुसँग त्यस सन्दर्भमा परामर्श सुरु गरेका छन्। एमसीसीका सन्दर्भमा माओवादीले अन्तिम समयमा लिएको निर्णय र सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डको अभिव्यक्तिले श्रेष्ठलाई असन्तुष्ट बनाएको छ।एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि सोमबार प्रचण्डले खुमलटारमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। त्यहाँ दिएको एक अभिव्यक्तिलाई श्रेष्ठको समूहले पार्टी छाड्न आग्रह गरेको रुपमा अर्थ्याएको छ।

प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भनेका थिए, ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला। जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला। एमसीसीको विरोध गर्न बित्तिकै सबै जनता आउँने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरि रहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन।’

महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावमा शून्य भएको विषयलाई प्रचण्डले स्मरण गराए। ‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्योल भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो। भोट आउने बेला जिरो भयो,’ प्रचण्डले भने, ‘त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउँन जरुरी छैन। त्यसमा सबै स्पष्ट हुनु पर्छ।’


प्रचण्डले घुमाउरो भाषामा पार्टी छोड्न आग्रह गरेको भन्दै श्रेष्ठले तत्कालीन एकता केन्द्र मसाल पक्षका नेता कार्यकर्तालाई फोन गरेर सोध्न थालेको एक नेताले बताए।‘नारायणकाजी कमरेडलाई प्रचण्डले घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने अभिव्यक्ति दिएपछि उहाँले आफू निकट नेता तथा कार्यकर्तालाई फोन गरेर कता लाग्ने भन्दै सोध्न थाल्नु भएको छ। पार्टी अध्यक्षले नै पार्टी छोड भनेपछि राजनीति गर्ने मान्छे त्यही पार्टीमा बसिरहने भन्ने हुँदैन। नयाँ पार्टी बनाएर जानुपर्छ।

श्रेष्ठ निकट केन्द्रीय सदस्य २० भन्दा धेरै भएको दाबी गरिएको छ। पार्टी विभाजनबाट श्रेष्ठलाई रोक्न प्रचण्ड उनको निवास पुगेका हुन्।
एमसीसीलाई व्याख्यात्मक रुपमा पारित गर्ने निर्णयमा श्रेष्ठले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका थिए। एमसीसी पारित गर्ने निर्णय पार्टी महाधिवेशन विपरित भएको भन्दै त्यस दिनलाई कालो दिनको रुपमा मनाउनुपर्ने उल्लेख गरेका थिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh