काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट एमसीसी पास गरेर जनता झुक्याउने काम गरेको बताएका छन् ।

मंगलवार (आज) आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसनले (एमसीसी) सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ ।
यद्यपि, यही घोषणालाई समातेर नेतृत्वमा रहेकाहरूलाई समात्न सकिने बाटो भने बनेको उनेले बताए। पत्रकार सम्मेलनमा नेता ओलीले एमसीसी विरुद्घ सडकमा कार्यकर्ता उत्रार्ने दलहरुले नै एमसीसी पास गरेर आफ्नो ठगी धन्दाको पुष्टि गरेको बताए।

















