काठमाडौं। प्रहरीले क्यानडा पठाइदिन्छु भनी नक्कली कागजातसमेत दिई ठगी गरको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-८ स्थित गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापर रहेका छन् ।उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गत शुक्रबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो ।
कापरले सर्लाही ब्रम्हपुरी गाउँपालिका-६ घर भई हाल ललितपुर बालकुमारी बस्दै आएका अरबिन्द कुमार साहलाई १२ लाख २० हजार मिलाइदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !