काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले व्याख्यात्मक टिप्पणीले अमेरिकी सहयोग (एमसीसी)लाई संशोधन, परिमार्जन र विकास गर्न नसक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सुरु भएको छलफलमा बोल्दै रिजालले भनेका छन्, ‘यो सम्झौतामा व्याख्यात्मक टिप्पणी कसै–कसैको जुँगा तल गर्न मिलेन । त्यसैले व्याख्यात्मक टिप्पणी आएको हो ।’

यसका साथै उनले अमेरिकाको एमसीसीमात्रै नभई भारतको बीआरआइबाट पनि सहयोग लिएर देशको विकास गर्नुपर्ने बताएका छन् । यसअघि उनले नेपालमा जस्तै अन्य दुई वटा देशमा पनि एकसीसी सम्झौता सिक्नेचर (हस्ताक्षर) गरेर अड्केर बसेका बताएका छन् ।
उनले भनेका छन्, ‘विश्वका थुप्रै मुलुकहरुमा यो सम्झौता लागू भएको छ । विश्वका ५३ वटा देशमा यो सम्झौता क्लोज (बन्द) भइसक्यो या बन्द हुने प्रक्रियामा छ । १० वटा देशमा कार्यन्वयनको अवस्थामा छ । १२ वटा देशमा यो सम्झौता विकसित हुँदै गइरहेको छ । हामी जस्तै अन्य दुई वटा देशमा सिक्नेचर (हस्ताक्षर) गरेर अड्केर बसेको छ ।’
उनले थप भनेका छन्, ‘दुई वटा देशमा यस्ता सम्झौतालाई बन्द गरियो । दुई वटामा टर्मिनेट गरियो । दुई वटा चाँहि अहिले सस्पेन्डेड अवस्थामा छ । तर, हामी यहाँ बसेर यसरी छलफल गर्दैछौं कि नेपालमा मात्रै यो सम्झौता लिएर कोही आइपुग्यो । नेपाल मात्रै यो यस्तो भूमि भयो कि कसैको स्वार्थले गर्दाखेरी नेपाललाई रणभूमि बनाइयो ।’
वार्षिक १० खर्ब पूँजिगत खर्च नभएमा चाहेको जस्तो विकास हुन नसक्दै बताउँदै उनले थपे, ‘नेपालमा हरेक वर्ष बिकास खर्च, पूँजिगत खर्च १० खर्ब नहुने हो भने हामीले चाहेको जस्तो बिकास हुदैन । अहिले पनि यो भन्दा अगाडिको सरकार, संसद आउनु भन्दा अगाडिको सरकारले गरे बराबरको पनि बिकास खर्च यो चार वर्षदेखि गर्न सकिरहेका छैनौं । अनी हामी झगडा गर्छौं, हामी बाहिरबाट सहायता लिन्न भन्छौं । यस्तो सहायता लिन्न भन्छौं जुन अनुदान हो । जुन हामीले मागेका प्रोजेक्टमा हो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !