काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई सामान्य घाउँबाट क्यान्सरसम्म पुर्याइएबो बताएका छन् ।

आइतबार संसद बैठकमा एमसीसीमाथिको छलफलमा आफ्नो धारणा राख्दै आफूँ प्रधानमन्त्री हुँदा एमसीसीको विषयमा नबोल्ने तर, अहिले आएर विरोध गर्नु सामान्य घाउँलाई क्यान्सरसम्म पुर्याइने काम गरिएको डा. भट्टराईले बताए ।
‘एमसीसी सामान्य अनुदान सम्झौता थियो तर, यसलाई जान नजानी गिजोलेर गयौँ । सामान्य घाउ कोट्याउँदै जाँदा बाँदरको घाउँमा पुर्याएर क्यान्सरको अवस्थामा पुर्याएका छौँ । हामी एकआपसमा लड्दैछौँ,’ उनले भने, ‘एउटालाई राष्ट्रवादी र अर्कालाई राष्ट्रघाती । भर्खरै नयाँ समाचार सुनेको छु– ब्याख्यात्मक टिप्पणीमार्फत अघि बढ्ने । यो हामीले बेलैमा बुझ्नपथ्र्यौ । जनतालाई भ्रममा पार्नहुन्नथ्यो । जोजो दलले यो गर्नुभयो र अहिले बुझेर यसबारे कदम चाल्दै हुनुहुन्छ यसमा स्वागत गर्न चाहन्छु ।’
८ जना प्रधानमन्त्रीको कार्यकालमा एमसीसी सम्झौता अघि बढेको स्मरण गर्दे डा. भट्टराईले २०६८ आफू प्रधानमन्त्री हुँदा नेपालका निम्ति एमसीसी योग्य भएको जानकारी प्राप्त भएको बताए । त्यसपछि प्रधानमन्त्री बनेर आएका मन्त्रिपरिषद्को पालामा एमसीसी अघि बढेको पनि उनले बताए ।
उनले भने, ‘२०६८ सालमा म प्रधानमन्त्री हुँदा एमसीसी नेपालका लागि योग्य भएको मलाई जानकारी प्राप्त भएको हो । र, त्यसपछिका सबै प्रधानमन्त्री र मन्त्रिपरिषद्का अध्यक्षहरुको पालामा यो अघि बढेको थियो । त्यतिबेला हामी के कानमा तेल हालेर सुतेर बसेको थियौँ ? गल्ती थियो भने हामीले हिम्मत गर्नुपर्छ राजनीतिबाट सन्यास लिऔँ त्यो इमान्दारी हुन्छ । हिजो हामीले एमसीसी अघि बढाउने तर आज आएर चर्काे स्वरले विरोध गर्ने यो मिल्दैन ।’
गल्ती भएको ठाउँमा आँखा चिम्ले राष्ट्रघाती काम गर्न नमिल्ने उनले बताए । उनका अनुसार नेपालको पूर्वाधार विषयमा रकम चाहिने भएकाले एमसीसी चाहिने भनिएको तर, एमसीसी सम्झौता भइनसकेको बताए ।
२०१७ र २०१९ मा एमसीसीको सम्झौताको भाषा हेर्दा कता कता मन घाचेको पनि उनले बताए । गरिबलाई साहुले ऋण दिँदा तमसुकको भाषाजस्तो घोच्ने भाषा भएको बताए ।
यसतर्फको भाषालाई मत्थर गर्न पाए हुन्थ्यो तर, आपत्ति मान्नैपर्ने विषय भने नभएको डा. भट्टराईको भनाइ छ । साथै, पछिल्लो समय एमसीसी किन गिजोलियो भन्नेतर्फ तीन बुँदाहरुबारे उनले ब्याख्या विश्लषेण गरे । उनले भने, ‘पहिलो, बद्लिँदो भूराजनीति, दोस्रो, विचाराधारात्मक प्रस्तुती र तेस्रो, विकासको बाटोको कुरा हो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !