काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता संशोधन विना अघि बढ्न नसक्ने स्पष्ट पारेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमसीसी सम्झौता संशोधनविना अघि बढ्न नसक्ने स्पष्ट पारेका हुन् ।

त्यस्तै उनले एमसीसीलाई सदनबाट पारित गरेर ऐनका रूपमा मान्यता दिए देशको सार्वभौम माथि प्रहार हुने बताए । गुरुङले नेपाल सरकारले ल्याएको संशोधनका बुँदाहरू एमसीए कम्पनीले स्वीकार गर्छ कि गर्दैन ? भन्ने गम्भीर प्रश्न रहेको पनि धारणा राखे ।
बैठकमा नेकपा (एमाले)का सांसदहरुले आफ्ना माग पूरा नभएको भन्दै रोष्टम घेराउसहित नाराबाजी गरेका थिए । त्यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !