काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संशोधनबिना पारित नहुने अडान राख्दै पछिल्लो समय अडान फेर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आइतबार संसद बैठकमा सत्तारुढ गठबन्धनकै नेतामाथि खनिए ।

सत्तारुढ गठबन्धन नेकपा माओवादीका नेता गिरिराजमणी पोखरेललाई मन्त्री बन्दा एउटा कुरा गर्ने अहिले आएर एमसीसी पारित गर्न नहुने भन्दै झुट नबोल्न महामन्त्री थापाले भने ।तर, केही समयअघि विभिन्न मिडियामा महामन्त्री थापाले एमसीसी राष्ट्रको हितमा नभएको र संशोधनबिना पारित नहुने भनेर पटकपटक भनेका थिए ।
आइतबारको संसद बैठकमा महामन्त्री थापाले भने, ‘माननीय गिरिराजमणी पोखेरलले यहाँ उभिएर एमसीसी राष्ट्रघाती भन्नुभयो । तर, २०७४ साल श्रावण १९ गते क्याबिनेटको उपस्थिति पल्टाएर हेरौँ– त्यहीँ मन्त्रिपरिषद्ले पारित गर्दै गर्दा माननीय पोखरेल त्यहीँ मन्त्रिपरिषद्को मन्त्री हुनुहुन्थ्यो । हामी कतिसम्म झुट बोल्ने, हामीले कतिसम्म ढाट्ने, हामी आफैँ पालैपालो सरकारमा बसेर आउने ।
राष्ट्रिय प्रजातन्त्रको तत्कालीन अध्यक्ष कमल थापादेखि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.र नेपा किसान मजदुर पार्टी यो १० वर्षको अवधिमा मन्त्रिमण्डलमा नबसेको र हस्ताक्षर नगरेको । आज हामीले राष्ट्रघाती भन्दै गर्दा आफ्नो औँला आफैतिर फर्काउनुपर्छ । हामी आफैँले लेखेको होइन, धेरै झुट नबोलौँ । नेपालको संविधानभन्दा माथि हुन्छ । त्यस्तो कानुन कतिवटा पारित गरिसकेका छौँ ? मेलम्चीको सम्झौताको फरम्याट पल्टाएर हेर्नुस् त ?’
कांग्रेस महामन्त्री थापाले एमसीसी परियोजनालाई हेर्ने मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीए) भनेको मेलम्ची खानेपानी आयोजनाजस्तै भएकाले विरोधमा उत्रिनुको अर्थ नभएको बताए ।
‘एमसीए भनेको मेलम्ची खानेपानी आयोजनाजस्तो होइन ? आजै संसदबाट एउटा कानून पारित गरौँ– हाम्रो सार्वभौम अधिकार कसैले खोसेर लैजान सक्छ,’ उनले भने ।

















