Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीद्वारा देश छाड्न अस्वीकार

युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीद्वारा देश छाड्न अस्वीकार

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देश छाडेर सुरक्षित स्थानमा जान अमेरिकाले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । ‘लडाइँ युक्रेनमा भइरहेको छ । हामीलाई हतियार चाहिएको छ । कुनै उद्धार होइन,’ अमेरिकी प्रस्ताव अस्वीकार गरेका जेलेन्स्कीले भनेका छन् ।

किभका सडकमा देखा परेका उनले ‘आफ्नो देशको प्रतिरक्षा गर्ने’ बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले आफैंले खिचेको भिडियो सार्वजनिक गर्दै रुससँग आत्मसमर्पण गर्न सेनालाई आह्वान गरेको समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

भिडियोमा उनी आफ्ना सहयोगीसँग किभमा देखिन्छन् । ‘हामी सबै जना किभमै छौं,’ उनले भनेका छन् । ‘मैले सेनालाई हतियार बिसाउन भनेको मिथ्या सूचनाहरू सार्वजनिक भइरहेका छन्,’ उनले भने, ‘किभमै छु । हामी हाम्रो देशको प्रतिरक्षा गर्छौं ।’ जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध जनाएको प्रतिक्रियाका कारण उनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । जेलेन्स्कीले रुसविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता जनाएका बीबीसीले उल्लेख गरेको छ । ‘हामी तिमीहरूको आक्रमणको सामना गर्छौं,’ उनले भनेका छन्, ‘हामी भाग्दैनौं ।’

जेलेन्स्कीले आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सेनाले असफल बनाइदिएको बताए । ‘हामीले रुसी योजना असफल पारेका छौं,’ जेलेन्स्कीले भने । किभ र वरपरका सहरहरू युक्रेनी सेनाको नियन्त्रणमै रहेको उनको दाबी छ ।

युरोपेली संघमा आबद्ध हुने अधिकार आफ्नो देशसँग रहेको जेलेन्स्कीको भनाइ छ । युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण देश छाड्नेको संख्या बढ्दै गएको छ । १ लाख १५ हजार युक्रेनी नागरिक छिमेकी देश पोल्यान्ड पुगेका छन् । तीमध्ये १५ हजार पछिल्लो २४ घण्टामा पोल्यान्ड पुगेका हुन् । पोल्यान्डका गृहमन्त्रीका अनुसार पछिल्लो समय रुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र पारेपछि पोल्यान्ड प्रवेश गर्नेहरूको संख्या बढेको हो ।

यसैबीच, बेलायत र अन्य केही देशले युक्रेनलाई थप ‘मानवीय तथा सैन्य सहयोग’ उपलब्ध गराउने सहमति गरेका छन् । यूकेका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले ती देशहरूसँग समन्वय गरेर युक्रेनीहरूको हातमा सैनिक सहायता पुर्‍याइने बताए । रुसी फौजलाई युक्रेनी सेनाले सशक्त प्रतिवाद गरेको र त्यसको प्रतिक्रिया स्वरूप क्रेमलिनले भीषण गोलाबारी गर्न सक्ने हिपीको भनाइ छ ।

त्यस्तै, फ्रान्सले पनि युक्रेनी सेनालाई सैन्य सहयोग गरेको छ । युक्रेनका लागि पश्चिमा देशहरूले सहयोग उपलब्ध गराउने बताइरहेका बेला फ्रान्सले हतियार र अन्य सामग्री पठाएको हो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार बिहान फ्रान्सेली समकक्षी एमानुयल माक्रोंसँग कुराकानी गरेको जनाउँदै ‘कूटनीतिक मोर्चामा नयाँ दिन सुरु भएको’ बताएका छन् । युद्धविरोधी गठबन्धनले काम गरिरहेको जेलेन्स्कीको भनाइ छ । यसअघि माक्रोंले ‘युद्ध जारी रहने र त्यसका लागि तयार हुनुपर्ने’ बताएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh