काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेका ५१ वर्षीय छत्रबहादुर रोका क्षत्रीलाई प्रहरी पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७७ माघ २६ गतेको फैसलाले पाँचलाख जरिवाना तोकी फरार रहेका क्षत्रीलाई बुधबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जनाए ।
प्रहरीका अनुसार उनलाई बिहीबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।काठमाडौंको तारकेश्वर नगरपालिका-२ बस्ने ३८ विश्वनाथ अधिकारीलाई बिहीबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले २०७८ साल कात्तिक २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १० दिन कैद सजाय र ६२ लाख ८ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
अधिकारीले न्यूरोडस्थित नेपाल बैंकको खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

















