काठमाडौं । युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको छ । बिहीबार रुसले विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहारसहित सैन्य आक्रमण गरेपछि युक्रेनले कूटनीतिक सम्बन्ध तोडेको समाचार संस्था एएफपीले जनाएको छ ।

एएफपीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको जनाएको छ । बिहीबारको आक्रममा कम्तीमा ८ जनाको मृत्यु भएको र केही हराइरहेको युक्रेनी अधिकारीले जनाएका छन् ।
यसैबीच संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठकलाई सबैलाई सयंम अपनाई कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न अपिल गरेको छ ।

















