काठमाडौं । प्रहरीले सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ गरेकाे छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धाान ब्यूरोले काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डेलाई पक्राउ गरेकाे हाे ।

काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी संस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ ।
निक्षेपकर्ताहरूले निक्षेप रकम माग्दा सहकारीमा ताला लगाई फरार भएका जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेत उक्त सहकारीका अध्यक्ष हुन् भने पाण्डे उपाध्यक्ष हुन् ।

















