काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बुधबार साँझ सभामुख सापकोटालाई भेट्न अध्यक्ष प्रचण्ड उनकै निवास लैनचोर पुगेका थिए । भेटवार्तामा संसदमा पेस भएको अमेरिकी अनुदा सहयो मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए ।
आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीबारे छलफल हुने सम्भावित कार्यसूचि रहेको छ । माओवादी केन्द्रले एमसीसीको विपक्षमा जाने निर्णय यसअघि नै गरिसकेको छ ।
यता, सत्ता गठबन्धनकै नेकपा (एकीकृत समाजवादी)ले पनि संसदबाट एमसीसी यथास्थितिमा पास गर्न नसकिने निर्णय सोमबार नै गरिसकेको छ ।
सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन् । एमसीसी संसदबाट अनुमोदन गराउन कांग्रेसले दौडधुप गरिरहेको छ ।

















