Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राष्ट्रपति पुटिनले ‘सोभियत संघ’ ब्युँताउन लागेका हुन् ?

राष्ट्रपति पुटिनले ‘सोभियत संघ’ ब्युँताउन लागेका हुन् ?

एजेन्सी । २०औं शताब्दीको पछिल्लो धेरै दशक सोभियत संघ विश्वभर प्रभावशाली बन्यो । ३० डिसेम्बर सन् १९२२ मा औपचारिक रुपमा स्थापित कम्युनिस्ट मुलुक ३० डिसेम्बर सन् १९९१ मा विघटित भयो ।

विश्वकै सबैभन्दा ठूलो थियो सोभियत संघ । विश्वको कुल भूमिको ६ भागको एक भाग सोभियत संघ थियो । अमेरिकालाई चुनौती दिनसक्ने विश्वको एकमात्र देशमा सोभियत संघ मानिन्थ्यो । त्यहाँ गणराज्यहरु थिए । तत्कालीन सोभियत संघ वारसा नामको संगठनको नेतृत्व गर्दथ्यो । उसका लागि अमेरिका नेतृत्वको नाटो सम्वद्ध पश्चिमा देशहरु थिए ।

तत्कालीन सोभियत संघको मुख्य प्रभाव पूर्वी यूरोप, क्युबा, उत्तर कोरिया, इरान, सिरिया, लिबियालगायत देशहरुमा थिए । तर, अमेरिकासँगको लामो टकरावसँगै कम्युनिस्ट शासन असफल भयो । लेनिन र स्टालिनले बलपूर्वक स्थापित गरेको कम्युनिस्ट शासन सन् १९९१ मा ढल्यो । त्यो सँगै सोभियत संघ विघटन भयो । विशाल अनि शक्तिशाली सोभियत संघ १५ टुक्रा भयो । रुस, युक्रेन, बेलारुस, उज्वेकस्तिान, काजिकिस्तान, जर्जिया, अजरबैजान, लिथुआनिया, मोल्डाभिया, लात्भिया, किर्गिजस्तान, ताजिकिस्तान, आर्मेनिया, तुर्केमिनिस्तान र स्टोनिया हुन् ।

भूगोलको हिसाबले पूर्व सोभियत संघका देशहरुमध्ये रुसपछि काजिकिस्तान सबैभन्दा ठूलो देश हो । सैन्य शक्तिको हिसाबले रुसपछि बलियो देश युक्रेन हो ।

सोभियत संघ विघटन भएपछि राजधानी मस्कोसहितको विशाल भूमि रुसका रुपमा रह्यो । रुस टुक्रिएपनि सँसारकै सबैभन्दा ठूलो देशकै रुपमा कायम रह्यो । सैन्य शक्तिमा पनि दोस्रो स्थानमै रह्यो । सोभियत संघको विघटनपछि रुसले ठूलो आर्थिक संकट व्यहोरेको थियो । उसको विश्वव्यापी राजनीतिक प्रभाव समेत कमजोर भयो ।

रुस चरम संकटमा गयो । कम्युनिस्टहरुप्रति मानिसहरुमा यतिसम्मकी वितृष्णा भयो कि सम्झन पनि चाहेनन् । बोरिस यल्तसिनले कठोर शासन चलाए । उनमा कम्युनिस्टकालीन कार्यशैली थियो । तर, यल्तसिनको कालमा पृथकतावादीहरु चलमलाइरहे । चेचेन्यालगायतका भूभाग विभाजित हुन खोजे । रुस फेरि अर्को विघटनको भारी बोक्न चाहँदैनथ्यो । यस्तो अवस्थाबीच भ्लादिमिर पुटिनको उदय भयो ।

वास्तवमा पुटिन पूर्व गुप्तचर प्रमुख थिए । उनी जर्मनीमा खटिएका थिए । चलाख र कामप्रति दत्तचित्त हुने शैलीका भएकाले उनले चाँडै यल्तसिनको विश्वास जिते । पुटिन धेरै वरिष्ठ रुसी नेताहरुलाई पन्छाउँदै राष्ट्रपति बन्न पुगे । उनलाई यल्तसिनले सत्तामा चढाएका थिए ।

पुटिनले रुसको शक्ति पुर्नजिवित गर्न थाले । रुसका लागि जो कोही खतरा हुन्थ्यो उसलाई ठेगान लगाउन थाले । उनमा कूटनीतिक चार्तुयता पनि थियो । सन् २०१८ मा विश्वकप फुटबल आयोजनाको प्रतिष्पर्धा जितेपछि पुटिनले आफ्नो विश्वव्यापी प्रभाव प्रमाणित गरे । यो प्रकरणले अमेरिका, बेलायतसहित कतिपय पश्चिमा देशहरुलाई धक्का लाग्यो । फिफामा घोटाला काण्ड नै निस्कियो । त्यसले रुसको शक्ति पुर्नजिवित भएको विश्लेषण हुन गए ।

सोभियत संघ विघटनपछि रुस यति कमजोर भएको थियो कि रुसको वरपरका देशहरु अमेरिका नेतृत्वको नाटोमा आवद्ध हुँदै गएका थिए ।

पोल्यान्ड, हंगेरीलगायत सोभियत संघसँग निकट देशहरु अमेरिका निकट पुगिसकेका थिए । त्यसलाई पुटिनले चुनौती सम्झिए । पूर्व सोभियत संघ सम्वद्ध देशहरुमा पनि नाटो फैलिइरहेको थियो । इस्टोनिया, लात्भिया, लिथुआनिया नाटोमा आवद्ध छन् । यतिसम्मकी रुसको प्रभाव रहेको युक्रेन समेत अमेरिकासँग नजिकियो । नाटोमा आवद्ध हुन खोज्यो । त्यहाँ रुसनिकट राष्ट्रपति हटेर अमेरिकानिकट सत्तामा आए । यो घटनापछि पुटिनले रुसमाथि खतरा देखे । क्रिमियामाथि हस्तक्षेप गरी नियन्त्रण बनाए ।

युक्रेनसँग विवाद चलिरहँदा पश्चिम यूरोपसँग जोड्ने ग्याँस पाइपलाइनको निर्माण भयो । ब्ल्याक सी मुनी १२०० किलोमिट र लम्बाईको पाइपलाइन जर्मनीमा जोडियो । त्यो पाइपलाइनबाट रुसले अरबौं डलर आम्दानी गर्ने आँकलन गरियो । पश्चिम यूरोपमा ५० प्रतिशत सस्तोमा रुसले ग्याँस बेच्दा युक्रेन, पोल्यान्डलगायत देशमाथि ठूलो आर्थिक चुनौती बढ्ने देखियो । अर्कोतर्फ, पश्चिम यूरोपसम्म रुसको प्रभाव बढ्न सक्ने भयो । यसबाट अमेरिका झस्कियो ।

रुस भने पूर्व सोभियत संघसम्वद्ध देशहरुलाई नजिक बनाउँदै लान थाल्यो । बेलारुससँग एकीकरणको पहल चल्यो । रुस र बेलारुस एउटै देश जस्तो भए । काजिकिस्तानमा रुसी प्रभाव झन् बढ्यो । रुसनिकट शासकमाथिको विरोध प्रदर्शन दबाउन रुसी सैनिक नै काजिकिस्तान पुग्यो । रुससहित आर्मेनिया, बेलारुस, काजिकिस्तान र ताजिकिस्तानको संयुक्त सैनिक संगठन छ । काजिकिस्तानको सत्ताविरुद्धको प्रदर्शन दबाउन यो संगठनको सैनिक नै पस्यो ।

यसरी रुस पूर्व सोभियत संघ सम्वद्ध देशहरुलाई नजिक ल्याउन रणनीतिक रुपमा बढिरह्यो । पूर्वी सोभियत संघ सम्वद्ध देशहरुलाई एउटै देशका रुपमा समेट्ने या आफ्नै प्रभाव चलाउन मिल्ने गरी पुटिन अगाडि बढे । युक्रेन संकट यसैको सेरोफेरोमा आयो ।

१० फागुनमा युक्रेनका रक्षामन्त्री ओलेक्सिे रेज्निकोभले रुसमाथि सोभियत संघ ब्युँताउन लागेको टिप्पणी गरेका छन् । उनको भनाई पुष्टि हुने गरी पुटिन अगाडि बढेका छन् । उनी निकै शक्तिशाली देखिएका छन् । पुटिनले रुसको शक्तिलाई पुर्नजिवित गरेको सन्देशहरु गइरह्यो ।

अमेरिकाले रुसकै रणनीतिक कदमका कारण अफगानिस्तान छाड्नुपरेको विश्लेषणहरु भइरहेको छ । जसरी तालिवानलाई प्रयोग गरेर अमेरिकाले तत्कालीन सोभियत सैनिक अफगानिस्तानबाट फर्कन वाध्य बनायो त्यसैगरी रुसले तालिवान प्रयोग गरेर अमेरिकी सैनिक अफगानिस्तानबाट फर्कन वाध्य बनायो । विश्वले महाशक्ति अमेरिका अफगानिस्तानबाट फर्किइरहेको दृश्यहरु हेरिरह्यो ।

सिरियामा रुसनिकट शासक बसर अल असदलाई हटाउन अमेरिकासहित कतिपय पश्चिमा देशहरुको प्रयास विफल भयो । लिबियामा रुसी भूमिका देखिन थालेको छ । अफ्रिका र ल्याटिन अमेरिकामा पनि रुसले प्रभाव बढाउँदै लगेको छ । दक्षिण एशियामा भारतसँगको परम्परागत सम्बन्धलाई रुसले कायमै राख्न सकेको छ ।

विस्तारै शक्ति विस्तार गरेको रुसले पूर्व सोभियत संघ आवद्ध देशहरुको विभिन्न संगठनलाई मजबुत बनाउन खोजेको छ । जसमध्ये काजिकिस्तानमा भएको विद्रोह दबाउन रुससहितका देशहरुको सैनिक प्रवेश पनि उदाहरण बन्यो । उसले रुसी बाहुल्य जनसंख्या भएको बेलारुसलगायत निकट देशहरुलाई रुसमै गाभ्न खोजेको छ । यसलाई एकीकरणको नाम दिइएको छ ।

रुसको पछिल्लो कदमलाई उसको सोभियत संघ ब्युँताउने प्रयासको रुपमा बुझ्न थालिएको छ । पुटिनमा रुसलाई पुरानै अवस्थामा फर्काउने महत्वाकांक्षा जागिसकेको देखिन्छ । यसकारण उनी आक्रामक बन्दै गएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh