काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुगेको छ । सेनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७८ असार मसान्तसम्म कोषको यथार्थ सम्पती रु ५९ अर्ब ९५ करोड ८९ लाख रहेको जानकारी दिएको हो ।

हाल कोषको नगद मौज्दात रु ५४ अर्ब १२ करोड ७५ लाख रुपैया रहेको छ भने कोष अन्तर्गतका निकायहरुमा ५ अर्ब ८३ करोड १४ लाख रुपैया लगानी भएको सैनिक कल्याणकारी महानिर्देशनालयका सह निर्देशक महासेनानी पुरन घलेले जानकारी दिए ।उनले सैनिक कल्याणकारी महानिर्देशनालय अन्र्तगत सैनिक तथा भूपू सैनिक केन्द्रित कार्यक्रम गरिएको बताए ।
त्यस्तै सेनाले बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमा नै तराई–मधेध द्रूत मार्ग (फास्ट ट्र्याक) आयोजना सम्पन्न हुने बताएको छ । पत्रकार सम्मेलनमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले आयोजनाका विषयमा देखिएको समस्याहरु क्रमश समाधान भइरहेको र २०८१ को पुस महिनासम्ममा निर्माण सकिने दावी गरे । उनले आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्नका लागि डिजाइनको निर्माण सकिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाली सेनाले मातहतका निर्देशनालयबाट भएका कामका बारेमा जानकारी दिएको थियो ।

















