काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा मंगलबार संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ दलले नै सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य त्यही दिन सकिने बताए ।
सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने, अनि सरकारमा सँगसँगै बस्छु भन्नु अनैतिक हुने कांग्रेस महामन्त्री थापाको भनाइ छ । मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने, तर अर्को दिन ठीक भयो गठबन्धनमा फर्किएँ भनेर बस्न नसकिने थापाको जिकिर छ ।
कांग्रेस महामन्त्री थापा कांग्रेस नेता तथा प्रजातन्त्र सेनानी स्व. गुणराज पाठकको नवौं दिनको शोकसभा कार्यक्रममा भाग लिन चितवन आएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !