काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ सय ३६ ग्राम सुनसहित २ विदेशी नागरिक पक्राउ परेका छन् ।
बंगलादेशी नागरिक मोहम्मद तोफिकी उल्ला र भारतीय नागरिक पारसनाथ शाह सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

कार्यालयले जाँच गर्नेक्रममा शंका लागेर तलासी गर्दा उनीहरूकाेसाथबाट ९ सय ३६ ग्राम सुन बरामद गरेको हो । उल्लाले सुन मेटल डिटेक्टरमा डिटेक्ट नहुने गरी लुकाएर ल्याएको थिए। सोधपुछ गर्दा उल्लाले उक्त सुन भारतीय नागरिक पारसनाथ शाहको भएको र उनैले भन्सार छली गर्न लगाएको प्रहरीलाई भनेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

















