काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले रबरको गोली चलाएको छ । आइतबार नयाँबानेश्वरको बिजुली बजार क्षेत्रमा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले बाध्य भई रबरको गोली प्रहार गरेको हाे ।

आइतबार संसद् भवनभित्र सरकारले एमसीसी पेश गर्दै गर्दा बाहिर सडकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडप भएपछि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फ्याँकेको थियो । संसद्मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेपछि प्रदर्शनकारीले आन्दोलन थप चर्काएका थिए । चर्किदै गएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली प्रहार गरेको हो ।
प्रदर्शनमा सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र नागरिकहरू सहभागी रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !