वीरगञ्ज् । पर्सा प्रहरीले वीरगञ्जबाट ७ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१५ मा खटिएको प्रहरी टोलीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको सार्वजनिक यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ७ सय लिटर अवैध घरेलु मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रवक्ता खनालले बरामद गरिएको उक्त मदिरा जिल्ला प्रहरी कार्यालयमा ल्याई नष्ट गरिएको बताए ।

















