Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चुनावको मुखैमा प्रहरी प्रमुख फेरिदैं, आईजिपीमा सिंहको चर्चा


चुनावको मुखैमा प्रहरी प्रमुख फेरिदैं, आईजिपीमा सिंहको चर्चा

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर विदा हुँदैछन् । ३० वैशाखमा हुन लागेको निर्वाचन भन्दा १० दिन अघि ०७९ वैशाख १९ मा उनी अवकाश जाँदैछन् ।उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । थापाको अवकासपछि मुखैमा रहेको चुनाव र त्यसपछिको शान्तिसुरक्षाको अवस्थालाई हेरेर नेपाल प्रहरीमा नयाँ आईजिपीको खोजी हुनेछ।

नेपाल प्रहरीमा अहिले आईजिपीको लाईनमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । तीमध्ये ३ जना आईजीपी शैलेश थापा क्षेत्रीसँगै अवकाशमा जान्छन् । उनीहरुको अवकाशपछि विश्वराज पोखरेल र सहकुल थापा आईजीपी हुने प्रतिस्पर्धामा छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ मंसिरमा विश्वराज पोखरेललाई नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको थियो । त्यसपछि उनी भावी महानिरीक्षकका एकल दावेदार भए। तर, नेकपा (एमाले)को अर्को समूहले असन्तुष्टि जनाएपछि सहकुल थापालाई पनि नयाँ दरबन्दी थपेर ०७८ असार २४ मा एआईजीमा बढुवा गरियो। यो सँगै आइजिपीको लाईनमा दुई जनाको प्रतिस्पर्धा देखियो।

दुवै एआईजी हालको गठबन्धनका रोजाइका ब्यक्ति भने होइनन्। तर अहिलेसम्म विकल्प पनि छैन। विश्वराज पोख्रेलले इश्वर पोखरेलसँग नाता जोडेर एमाले नेतृत्वको पनि मन जिते। भर्ना भएदेखि नै खासै अगाडि आउन नसकेका उनी एसएसपीबाट अपत्यारिलो पारामा अगाडि लागे। डीआईजीमा पनि एकल बढुवा भए। हालका आईजीपी थापाको ब्याचका वैकल्पिक पोख्रेलले १० महिनापहिले भर्ना भएको टोलीलाई समेत उछिने।  

अहिले कांग्रेससँग निकट रहेका पोख्रेल भावी आईजीपीका सबैभन्दा बलिया उम्मेदवार हुन्। उनी थापाभन्दा करिव एक वर्ष पहिले नै एआईजी भएकाले पनि उनको सम्भावना बलियो छ। तर सरकारले एआईजीमध्येबाट आईजीपी नियुक्त गर्न सक्ने व्यवस्थाका कारण पोख्रेल नै निर्विकल्प भने होइनन्। भर्ना हुँदैदेखिका एक नम्बर डीआईजी धिरजप्रताप सिंह सम्भावित उम्मेदवार हुन्। उनी हाल डीआईजीमै छन्।

देउवा नेतृत्वको सरकारले विश्वराज र सहकुल थापाको विकल्प खोज्न एआईजीका ३ वटा पद थपेर वढुवा गर्ने तयारी थालेको छ। प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याचमेटहरु सिनियर डिआईजी छन् । तर, ओली सरकारले दुईजना जुनियरलाई एआईजी बनाएपछि सरकार परिवर्तन भयो । त्यसपछि वनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारको निर्णयले पछि परेकालाई अगाडि ल्याउने तयारी थालेको जनाईएको छ। 

एआईजीको दरबन्दी थप्नुपर्ने राय सहितको संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको छ । जानकारी अनुसार अब बस्ने मन्त्रिपिरषद्ले सो ओएण्डएम स्विकृत गर्ने तयारी छ ।

एआईजीको दरबन्दी थपेर प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरजप्रताप सिंह सहितका दाबेदारहरुलाई एआईजीमा बढुवा गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार धीरजप्रताप सिंहलाई एआईजी बनाएर शैलेश थापाको अवकाशपछि प्रहरीको कमाण्ड सुम्पिनेबारे उच्च तहमा छलफल भएको छ ।

दुईजना सिनियर एआईजी हुँदाहुँदै पनि तेस्रो अफिसरलाई एआईजीमा बढुवा गरेर आईजीपी बनाउन कानुनले रोकेको छैन। प्रहरी नियमावली–२०७१ को नियम ४१ अनुसार एआईजी मध्येबाट सरकारले चाहेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्नेछ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्नेछ नियमावलीमा उल्लेख छ। 
 

अब्बल प्रहरीका सुप्रबल अधिकृत


२०४९ साल चैत्र ११ गते प्रहरी निरीक्षक बनेका धिरज प्रताप सिंह कार्यकुसलताका हिसावले अब्बल प्रहरी अधिकृत हुन । नेताको स्वार्थ वाझिएका कारण पछि परेपनि उनी अरुभन्दा सिनियर पनि हुन । उनले हरेक पदमा रहँदा आफनो कार्यकुशलता प्रस्तुत गरेका छन् । एसएसपी हुँदा प्रहरीको मनोवल खस्किएको समयमा उनले  प्रहरीको अपराध महाशाखाको कमाण्ड सम्हाले । त्यतिबेला महाशाखामा काम गर्न त्यति सजिलो थिएन। ३३ किलो सुन प्रकरणमा दिवेश लोहनीसहित अन्य दुई प्रहरी अधिकारि पनि निलम्बनमै परे । त्यसपछि महाशाखा हाजिर भएका थिए एसएसपी धिरज प्रताप सिंह। महाशाखामा कार्यरत धेरै प्रहरीको मनोबल घटेको बेलामा उनीहरुको मनोबल उच्च राख्दै काम गराउँनु सिंहको पहिलो चुनौती थियो।

घैंटे इन्काउण्टर पछि शान्त रहेका गुण्डा सलबलाउन थालिसकेका थिए। उपत्यकामा बढ्दो अपराधलाई नियन्त्रणमा ल्याउन ठुलै चुनौती थियो। त्यसमाथि राजनीतिक आवरणमा गरिने अपराध झन भयावह थियो। केहि समय अगाडिमात्र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि दिनदहाडै गोलि हानि हत्या गरिएको थियो। जुन घटनाले व्यवसायी र सर्वसाधारण त्रसित थिए। त्यस्तो समयमा महाशाखालाई पुरानै पोजिसनमा उभ्याउनु राम्रै चुनौती थियो।

४ इन्काउन्टरः २ को मृत्यु, २ घाईते


सिंह महाशाखामा रहँदा प्रहरीले ४ इन्काउण्टर गर्यो। जसमा २ जना घाइते भए भने २ जना प्रहरी सँगको मुठभेट मारिए। ०७५ जेष्ठ २८ गते विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लियो । लामाले ललिलपुरका घरजग्गा ब्यावसायीलाई धम्काउने, क्रसर उद्योगबाट चन्दा उठाउने गरेका थिए ।

यसैगरी, ०७५ असार ७ गते लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो। अमरले ०७५ जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर १९ लाख ६० हजार लुटेका थिए ।

०७५ साउन २० गते  सिन्धुपाल्चोक मेलम्ची नपा–९ ज्यामिरे घर भई काठमाण्डौ –३२ काँडाघारी बस्ने चमेली खड्काको छोरा वर्ष ११ को निशान खड्कालाई अपहरण गरी हत्या गर्ने नुवाकोट घर भएका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली घर भएका अजय तामाङसँग प्रहरीको मुडभेड भयो। ०७५ साउन २१ गते भक्तपुर सुर्यविनायक–८ पाईलट बाबाको आश्रम जाने बाटोको जंगलमा भएको उक्त मुडभेडमा उनीहरुको मृत्यु भयो।

यस्तै, ०७५ मंसिर २१ गते कालोपुलमा बिभिन्न डाँका, लुटपाटका घटनामा संलग्न रही फरार रहेका सुनसरीको ईटहरी–५ घर भई काठमाण्डौ– २९, अनामनगर बस्ने ४६ वर्षिय राजन लिम्बूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो। लिम्बु घाईते भए।

सिंहको पहलमा भएका उल्लेखनीय घट्ना अन्य धेरै छन् । त्यस मध्येमा नेपाल निर्माण व्यवसायी महासँघका अध्यक्ष शरद कुमार गौचनको गौचन हत्यामा संलग्न र कनकमणी दीक्षितको हत्या गर्न खोज्ने अभियुक्तलाई पक्राउ गरेको घट्ना उल्लेखनिय छ।

वा १३ च ४९४८ नं. को गाडीमा सवार रहेका गौचनलाई ०७४ असोज २३ गते खरिबोटमा गोली प्रहार गरी हत्या गरेको घटनामा सलग्न रहेका काले भन्ने अम्वर बहादुर राना, लोप्साङ्ग लामा भन्ने सोम तामाङ्ग, काले दाह्री भन्ने रोशन वुढाथोकीलाई ०७५ कात्तिक १२ गते पक्राउ गर्यो । उनीहरुले कनकमणि दीक्षितको समेत हत्या योजना बनाएका थिए।

यस्तै, सिंहको पहलमा जनकपुर–३ घर भई काठमाण्डौ ४ पानीपोखरी बस्ने अमृत भन्ने नथमल अग्रवालाई ०७५ असार ०९ गते चार करोड ८० लाख नगद, विभिन्न बैंकका एटिएम कार्डसहित पक्राउ गर्यो। सट्टेबाजीको आरोप लागेका उनलाई सम्पत्ति सुद्धिकरण समेको कसूरमा कारवाही गरियो।

महाशाखाले असार १२ गते ललितपुरका महेशबहादुर सिंह, विरेन्द्रलाल श्रेष्ठलगायतबाट हतियार जफत गरेको थियो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर महेशबहादुर सिंहले मिटर ब्याजको धन्दा चलाउँदै आएका थिए ।

ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शिव धिमाल र डिकेन्द्र राईलाई पनि एसएसपी सिंहकै टोलीले पक्राउ गरेर कारबाही गर्यो। बसुन्धरा स्थित रोहन गुरुङको घरमा बम बिष्फोट गर्ने बिष्फोट गराउने बिशाल तामाङ भन्ने राजिब तामाङ, नुम बहादुर बिकसमेत पक्राउ परे।

महाशाखाले ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका गुण्डा नाइके राजु गोर्खालीलाई काठमाडौं मलमा ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो । १९ भदौ २०७५ मा गुण्डा नाइके सत्यमान लामालाई ठमेलबाट पक्राउ गरी बिभिन्न राजनैतिक दबाबमा समेत छोड्न मानेका थिएनन । गुण्डा नाइके लामालाई छुटाउन पुगेकी नेकपाकी सांसद नवीना लामालाई एसएसपी सिंहले हप्काएर पठाएको कुराले चौतर्फी प्रसंसा बटुलेको थियो ।

गोंगबुस्थित त्रिबेणी गेष्ट हाउसका सञ्चालक प्रबिण कुँवरको छोरा बर्ष ८ को प्रयास कुँवरलाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न महेन्द्र एसके (सार्की) २४ घण्टा भित्र पक्राउ परे।

सिंहको प्रदेश २ मा एक बर्षे कार्यकाल : शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उल्लेख्य कार्य

शान्ती सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण मानिएको प्रदेश २ मा प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहले सदैव कानुनको दायरा र ओहोदामा रही अघि बढ्ने उहाँ प्रदेश २ आएपछि झन् शिखरको चुचुरोमा पुग्नु भयो ।

अन्यायमा परेकालाई न्याय दिने, दिन दु:खीको सहारा बन्न पाउँदा आनन्दित मात्रै हुनुभएको छैनन् की प्रफुल्लित समेत हुनुभयो । जागीरको यो दौरानमा उहाँ कयौं ठाउँमा सरुवा हुनुभयो । जहाँ बसेपनि जनताको जनताको सेवा गर्नुभयो । उहाँले प्रदेश २ मा आएर पनि धेरै उपलब्धिमूलक कार्य गर्नुभयो ।

१४ महिना अघि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी सिंहले सबैलाई कानुनी दायरामा ल्याउने उहाँको यो प्रशंसनीय काममा यहाँका विभिन्न पेशामा आबद्ध संघसंस्था ,संचारकर्मी , बुद्धिजिवी, र ब्यापार ब्याबसायमा होमिएका ब्याबसायी लगायत पदस्थ ब्यक्तिहरुले खुलेरै प्रसंशा गर्छन् ।

त्यति मात्रै होइन छोटो अवधिमै उनलेे बदनाम प्रहरीलाई तह लगाइ छाड्नुभयो, प्रदेश २ प्रहरी प्रमुखको जिम्मेवारी पाए सँगै पहिले आफ्नो संगठनका केही बदनाम साथै बिवादित प्रहरीलाई सुधार गर्नुभयो । लामो समयसम्म प्रदेश २ को ८ वटै जिल्लामा एकछत्र राज गर्नेलाई दरबन्दीमै फिर्ता गर्नुभयो, अन्यत्र दरबन्दी भएकालाई उहाँले तब हटाउनुभयो ।

यस्तै, फरार रहेका अभियुक्तलाई पक्राउ गर्न भारतसँग समन्वय गरी अपराधी समात्न समेत टोली त्यसतर्फ पठाउनुभयो । लामो समयदेखि प्रहरीकै सेटिङ्गमा सञ्चालनमा हुँदै आएको अबैध ढुंगा, गिट्टी, बालुवाको उत्खननलाई समेत भताभुंग नै भयो । चोरी डकैतीमा उल्लेखनीय भुमिका हात पार्न सफल भए, देहब्यापारलाई समेत नियन्त्रणमा लिन सफल भए, जुवाखाल बन्द गराइ छाड्नुभयो भने लागुऔषध बिक्री वितरणमा संलग्न, फरार ब्यक्ति, लगायत गैरकानुनी गतिविधिमा संलग्न ब्यक्तिलाई नियन्त्रणमा लिन उहाँले सूची नै तयार पार्नुभयो ।

उहाँकै कार्यकालमा युवा पुस्तामा देखिएको लागूऔषध दुर्व्यसनले अपराध हुने गरेको र यसलाई पहिलो सूचीमा राखेर कामकार्वाहीलाई अगाडि बढाएको उहाँ बताउनुहुन्छ । त्यसबाहेक बैदेशिक रोजगारमा गएका परिवारको विचलन, यौन हिंसा, महिला हिंसा बढ्दै गएको उहाँको निष्कर्ष थियो ।

उहाँले नागरिकस्तरबाट आएका गुनासोलाई यथोचित ढंगले सुनुवाइ गरी ‘अन द स्पोर्ट्’ कानुनी दायराभित्र ल्याउन समेत उल्लेखनीय भुमिका समेत खेल्नुभयो । उहाँको कार्यकालमा प्रदेश २ मा कुनै पनि अपराधीक घटना घट्नु पूर्व पहिल्यै नै सावधानी अपनाउन ठाउँठाउँमा सादा पोशाकका प्रहरी परिचालन मात्रै गरेनन् की प्रदेश २ लाई शान्त र सुरक्षित एवं भयरहित बाताबरणमा नागरिकले बाँच्न पाउने अधिकारलाई समेत आत्मसात गर्दै ‘थ्री एस’ अप्रेसन नै तयार पारी सोही अनुसारको सुरक्षा रणनीति समेत तयार पारे भने , प्रहरीमाथि प्रहरीकै निगरानी गर्न समेत उहाँ लाग्नुभयो ।

कुनै पनि घटना घटिहाले त्यसमा संलग्न अभियुक्तलाई फरार भएको समयदेखि दुई साताभित्र आफ्नो नियन्त्रणमा लिन सफल भइ छाड्ने डीआईजी सिंहले डीएसपी ज्ञानकुमार महतोको कमान्डमा दुई दर्जन सादा पोशाकका प्रहरी परिचालन गर्दै थोरै प्रहरीका बाबजुद ठुलो सफलता हासिल पार्न आफ्नो टिम सफल भएको भन्दै आफ्नो संगठन र उनीहरुले देखाएको क्रियाक्रलाप प्रति प्रशंसा समेत ब्यक्त गर्नुभएको थियो ।

डीआईजी सिंह नेपाल प्रहरीको एउटा सक्षम र आशा लाग्दा भविष्यका उज्ज्वल प्रतिक हुन् ।

१४ महिनामा केही उल्लेखनीय कार्यहरु

प्रदेश प्रहरी प्रमुखको लागि चुनैति र अवसर प्रदेश २ पर्दछ । प्रदेश २ को ८ वटै जिल्लाको सीमा भारतसँग पनि जोडिएका कारणले अपराध नियन्त्रण र न्युनिकरणका लागि प्रहरी अधिकारीहरूका लागि सँधैको चुनौति बनेको प्रदेश हो, यो ।


प्रहरी–नागरिक सम्बन्ध विस्तार र सुधारमा प्रहरी संगठन भित्र उनको महत्वपूर्ण योगदान रहेको चर्चा छ ।प्रहरी संगठन शून्य सहनशीलतामा चल्नु पर्छ भन्ने धारणा राख्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमताका प्रहरी नायब महानिरीक्षक ( डिआइजी ) सिंह नेपाल प्रहरीका तल्ला दर्जालाई माया गर्ने प्रहरी अधिकारीका रुपमा परिचित छन् । कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने, कुशल कार्य क्षमता, अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि सम्झौता नगर्ने तथा सबै कुरा कानुन अनुसार नै हुनु पर्छ भन्ने उनको स्वभाव हो । कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रदै समाजमा व्याप्त लगुऔषध नियन्त्रण , अन्य अपराध, चोरी तस्करी नियन्त्रण गरेर सिंह चर्चामा रहे ।रौतहटको माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा हत्या भएको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर बनाएका थिए ।

मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुवादी संगठनले दवाव दिएका थिए । पुजारी हत्या प्रकरण लगायतका ठूला र जघन्य प्रकृतिका घटनाको सफल अनुसन्धानले पनि उनको अपराध नियन्त्रण र अनुसन्धान गर्ने क्षमता अब्बल छ भन्ने सावित गरेको सरोकारावालाहरु बताउँछन् ।प्रदेश २ मा अवैध रुपमा भित्राइने गरेका साना हतियार तथा लागुऔषध, तस्करी नियन्त्रणमा उनको भूमिका महत्वपूर्ण रहयो ।सिंहकै पालामा प्रदेश २ प्रहरीले सञ्चालन गरेका अभियानहरुमा अपराध नियन्त्रण र अनुसन्धानका सवालमा प्रभावकारी बनेर गएका छन् ।लागुऔषध नियन्त्रण, तस्करी नियन्त्रण , घरेलुु मदिरा नियन्त्रण , मापसे (मादक पदार्थ सेवन) परीक्षा अभियान बढी प्रभावकारी देखिएका हुन् ।

अभियानले नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन सहयोग गरेको सरोकारावालाहरुको भनाइ छ । नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै अपराध नियन्त्रण, अनुसन्धान र शान्त समाज निर्माणमा प्रहरीका अभियान प्रभावकारी हुँदा सर्वसाधारणले सुरक्षित महसुस गर्न सकेको नागरिक अगुवाको भनाइ छ । यी हुन् प्रदेश २ मा प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहको सफल हुनुका कारण : प्रहरी नायब महानिरीक्षक सिंहलाई धेरै प्रहरी अधिकारीको साथ रहयो । जवानदेखि एसएसपी सम्मले गरेको सहयोग र माथिल्लो स्तरका प्रहरी अधिकारीकै सहयोगले २ नम्बर प्रदेशमा डिआइजी सिंह सफल बनेका थियो ।


विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न २ नं. प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहले २ नम्बर प्रदेशका ८ वटै जिल्लामा थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले सिमानाका देखि गाउँ(सहरसम्म सक्रियता बढाएको थियो ।२ नम्बर प्रदेशका ८ वटै जिल्लामा हुने विभिन्न घटनाका बारेमा ‘अपडेट’ भएर त्यसका बारेमा सार्वजनिक गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गर्ने जिम्मेवारी बहन गरेका प्रहरी नायब महानिरीक्षक सिंहले गहन ढंगले सोचेर र विश्लेषण गरेर मात्रै बाहिर ल्याउँनाले नै उनि सफल रहेको अकलन गर्न सकिन्छ ।कुन कुराले दूरगामी असर पार्छ भन्ने कुरामा उनी ख्याल गर्छन् । अझैपनि प्रहरी कार्यालयमा आइपुग्ने अनेक झमेला र लफडाको निकास खोज्ने जिम्मेवारी पनि उनकै काँधमा छ । सबैला नगरपालिका वडा नम्बर (७ का २५ वर्षीय अरुण कुमार मण्डललाई गोली हानेर हत्या भएको थियो घटनामा संलग्नलाई पक्राउ र पहिचान गर्न डिआइजी सिंहको भूमिका महत्वपूर्ण थियो ।

त्यसैगरी : २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआईजी धिरज प्रताप सिंहको सक्रियतामा फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन ।रौतहट इँटा भट्टा बम बिस्फोट काण्डका फरार प्रतिवादी निलम्बीत कांग्रेस सांसद मोहम्मद अफताब आलमका सहयोगी पक्राउ परेका छन् ।श्री नारायण सिंह राजपुत समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मो. अफताब आलमसमेत कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाको सम्बन्धमा मिति २०६४–१२–१७ गते १८ः३० बजेको समयमा जिल्ला रौतहट साविक राजपुर फरहदवा गा.वि.स वडा नं.४ हाल राजपुर नगरपालिका– ४ स्थित शेख ईद्रिसको गोठघरमा २०६४–१२–२८ गते हुने संविधान सभाको चुनावलाई लक्षित धाँधली गरी चुनाव जित्नको लागि प्रतिवादीहरुले विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा विस्फोट हुँदा जाहेरवाला श्रीनारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपुत समेत १५–१६ जना घाइते भएका थिए ।

सोही घटनामा २–३ जनाको मृत्यु भएकोमा ती मृतक १५–१६ जना घाइतेलाई ट्याक्टरमा हालेर नजिकैको राजा इँटा भट्टामा लगेर जलाएका थिए ।उक्त घटनाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्ने क्रममा रौतहटस्थित राजपुर नगरपालिका– ६ बस्ने शेष ईसलामका छोरा ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनपुरधामबाट खटिएको टोलीले आज बारा जिल्ला नेपाल–भारत सीमावर्ती क्षेत्र सिम्रोनगढबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ( डिएसपी ) मुकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।पक्राउ गरिएका ती फरार अपराधीले अनुसन्धानको क्रममा घटनाका सबै घाइते र मृतकलाई मो. अफताब आलमकै निर्देशनमा बोरामा हालेर ट्याक्टरमा लोड गरी इँटा भट्टामा लगेर जलाएको बयान दिएको प्रहरी प्रवक्ता मिश्रले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।


रौतहट इँटा भट्टा बम बिस्फोट काण्डका फरार प्रतिवादी निलम्बीत कांग्रेस सांसद मोहम्मद अफताब आलमका सहयोगी पक्राउ परेका छन् ।श्री नारायण सिंह राजपुत समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मो. अफताब आलमसमेत कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाको सम्बन्धमा मिति २०६४–१२–१७ गते १८ः३० बजेको समयमा जिल्ला रौतहट साविक राजपुर फरहदवा गा.वि.स वडा नं.४ हाल राजपुर नगरपालिका– ४ स्थित शेख ईद्रिसको गोठघरमा २०६४–१२–२८ गते हुने संविधान सभाको चुनावलाई लक्षित धाँधली गरी चुनाव जित्नको लागि प्रतिवादीहरुले विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा विस्फोट हुँदा जाहेरवाला श्रीनारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपुत समेत १५–१६ जना घाइते भएका थिए । सोही घटनामा २–३ जनाको मृत्यु भएकोमा ती मृतक १५–१६ जना घाइतेलाई ट्याक्टरमा हालेर नजिकैको राजा इँटा भट्टामा लगेर जलाएका थिए ।उक्त घटनाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्ने क्रममा रौतहटस्थित राजपुर नगरपालिका– ६ बस्ने शेष ईसलामका छोरा ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनपुरधामबाट खटिएको टोलीले बारा जिल्ला नेपाल–भारत सीमावर्ती क्षेत्र सिम्रोनगढबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ( डिएसपी ) मुकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।

पक्राउ गरिएका ती फरार अपराधीले अनुसन्धानको क्रममा घटनाका सबै घाइते र मृतकलाई मो. अफताब आलमकै निर्देशनमा बोरामा हालेर ट्याक्टरमा लोड गरी इँटा भट्टामा लगेर जलाएको बयान दिएको प्रहरी प्रवक्ता मिश्रले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।


त्यसैगरी , कर्तव्य ज्यान मुद्दामा साढे दुई वर्षदेखि फरार रहेका सिरहा मिर्चैया नगरपालिका–१ का एक जनालाई प्रहरीले २०७७ साल जेठ १८ गते आइतबार पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका ब्यूरो टोलि र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त प्रहरी टोलीले मिर्चैया नगरपालिका– १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई पक्राउ गरेको हो।

सिराहाको मिर्चैया नगरपालिका – ११ सीतापुरस्थित ससुराली घरमा लुकेर बस्दै आएका यादवलाई प्रहरीले सुराकीको आधारमा शनिबार राति पक्राउ गरेको हो। यादवसहितका दुईजनाले २३ असोज २०७४ मा कर्जन्हा नगरपालिका– १० प्रयागपुरका ३६ वर्षीय शशिभूषणप्रसाद साहलाई धारिलो हतियार प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी बिनोद घिमिरेले जानकारी दिनु भयो ।घटनाका आरोपी सोमन भनिने रामइश्वर कापरीलाई प्रहरीले २५ पुस ०७४ मै पक्राउ गरेको थियो।यसै क्रममा , रौतहटको राजपुर फरहदवा बमकाण्डका एक आरोपी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको ब्यूरो टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर – ४ का ५५ बर्षीय मुक्ति साहलाई जेठ २५ गते आइतबार पक्राउ गरेको हो ।

भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका वडा नम्बर – ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनु भयो । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको उनले बताए ।२०६४ साल चैतमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् । सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो ।पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २र३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको डीआईजी सिंहले बताउनुभयो ।


त्यस क्रममा विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५र१६ जना घाइते र २र३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।घटनापछि साहले आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाएको बयान प्रहरी समक्ष दिएको प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।‘न्यायपालिकाले गरेको निर्णय कार्यान्वयन भएन भने नागरिकले न्यायापालिकामा माथिनै विश्वास नगर्न सक्छन्, अर्कोतर्फ अदालतले दोषी ठहर गरेका अपराधी समाजमा रहँदा आफूले गरेको सजाय कार्यान्वयन नहुँदा राज्य कमजोर छ भन्ने बुझिन्छ । व्यवस्था नै फितलो हुन जान्छ । त्यस्तै अपराध गर्दा पनि केही नहुने रहेछ भन्ने भावनाको विकास उनीहरुमा हुने भएकोले सामाजिक विकृति बढ्न सक्छ,’ उनले भने, ‘ कानुनी राज्यको अनुभूति दिलाउन र समाजमा शान्ति सुव्यवस्था कायम राख्न पनि फारार अभियुक्तलाई पक्राउ गर्न

अभियान नै चलाउने गरेका छौं, यसमा प्रहरी सफल पनि देखिएको छ ।

त्यसैगरी : प्रदेश २ प्रहरी प्रमुखको कमाण्ड सम्हालेको चार महिना नबित्दै ८ जना प्रहरीहरुको जागीर गएको छ, भने १४ जना प्रहरीहरु निलम्बनमा परेका छन् । प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मका निलम्बनमा परेका हुन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्यांक अनुसार २०७७ बैशाख ११ गतेदेखि साउन २३ गतेसम्ममा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मका ७५ जना प्रहरीहरुलाई विभागीय कारबाही समेत गरिएको छ ।सचेत गराइएको, नसिहत, ग्रेड घटुवा, पदोन्नति रोक्का, सेवाबाट हटाइएको, निलम्बन र स्वतः निलम्बन लगायतका कारबाही गरिएको छ । कारबाहीमा प्रहरी कार्यालय सहयोगी १, प्रहरी जवान ६ र प्रहरी सहायक निरीक्षक १ जना गरि जम्मा आठ जना प्रहरीको जागिर नै गएको हो ।भ्रष्टाचार विरूद्धको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेका डिआइजी सिंहले लकडाउनको समयमा तस्करलाई भारततर्फ सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहेको प्रमाण फेला परेपछि चार जना प्रहरीलाई गत जेठ २१ गते बुधबारका दिन निलम्बन गरेका थिए ।


त्यस्तै सर्लाहीकै चन्द्रनगर गाउँपालिका वडा नं. ५ स्थित मोहनपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेश सहनीले नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध गरेको विभिन्न गतिविधिको यथेष्ट प्रमाण भेटिएकोले असई सहनीलाई साउन २३ गते शुक्रबारका दिन निलम्बन गरि थप कारबाही प्रकृया अगाडि बढाईएको छ । निलम्बनमा परेका १४ जना प्रहरीहरुमध्ये ५ जना प्रहरीहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहतमा रहेको विभिन्न प्रहरी चौकीमा कार्यरत रहेका थिए ।आठ वटै जिल्लाका तस्कर, दलाल, गुण्डा, फरार अपराधी, र रक्सी भट्टी लगायतलाई समेत उनले निशाना बनाएका छन् । अपराध र अपराधीसँग कुनै पनि साँठगाँठ र सम्झौता नगर्नसमेत उनले मातहतका आठ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई कडा निर्देशन दिएका छन् । छिमेकी राष्ट्र भारतको बिहार प्रान्तमा स्थानीय सरकारले रक्सीमा प्रतिबन्ध लगाएपछि त्यसको असर सीमा जोडिएका प्रदेश २ का आठ वटै जिल्लालगायत अन्य जिल्लाहरुमा पनि परेको छ ।

सिंहले मातहतका आठ वटै जिल्लाको जिल्ला प्रहरी कार्यालयमा हुने छलफलमा विचौलिया ‘दलाल’हरुलाई अनिवार्य निषेध गर्नुपर्ने सर्कुलर समेत जारी गरेका छन् । उनिसँग फोनमार्फत भएको कुराकानीमा दलाललाई कसरी पहिचान गर्न सकिन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘झगडा मिलाउन तेस्रो व्यक्ति आउनु भनेको दलाल हो ।’दलालको माध्यमबाट आर्थिक लाभको प्रलोभनमा परेर प्रहरीले पनि सहि गलत छुट्याउन नसकेको नजिरहरु रहेको उनले बताए । उनले भने, नेपाल प्रहरीको क्षेत्राधिकार भन्दा बाहिर गएर कुनै पनि किसिमको छलफल समेत नगर्न गराउन मातहतका आठ वटै जिल्ला प्रमुखहरुलाई निर्देशन दिइसकिएको उनको भनाइ छ ।सिंहले प्रदेश २ मा लागूऔषध, घरेलु हिंसा, बालविवाह लगायतका विभिन्न चुनौती रहेको बताए । उनले यस्ता कुरितीहरुको न्यूनिकरणका लागि प्रहरी र जनताबीचको सहकार्यको खाँचो रहेको उल्लेख गरे । सिंहले प्रहरीको एकल प्रयासबाट मात्रै यस्ता विकृतिको अन्त्य हुन नसक्ने भएकोले प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनु पर्नेमा जोड दिए ।
प्रहरीलाई बर्दीसहितको नागरिक तथा नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रण गर्दै उनले प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति कायम हुने विश्वास व्यक्त गरे । भ्रष्टाचार र अपराध विरूद्धको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेका डिआइजी सिंहले २०७७ बैशाख ११ गतेदेखि प्रदेश २ को कमाण्ड

सम्हालेदेखि प्रदेश स्तरमा शान्ति सु–व्यवस्थामा सुधार, चोरी पैठारी, तस्करी, डकैती, अपहरण, फोन धम्की, चन्दा आतंक, सीमावर्ती अपराध, संगठित अपराध र बलात्कारजस्ता घटनाहरुमा न्यूनीकरण भएको छ ।

१ बर्ष दुई महिना अघिमात्र प्रदेश २ को कमाण्ड सम्हालेका अहिले प्रदेश २ मा मात्र नभएर देशभरीमा समेत ‘सेलिब्रेटी’को रुपमा पहिचान बनाउन सफल भएका छन् । कुख्यात तथा अन्तर्राष्ट्रिय अपराधी आरके यादवलाई पक्राउ गर्न सफल भएकै कारण उनलाई मधेसका बासिन्दाले ‘सिंघम’ नाम उपहार दियो । अहिले उनलाई धिरज प्रताप सिंह होइन, सिंघम सिंहको नामको नयाँ परिचय थपिदियो । डीआईजी सिंहले आरके यादवलाई पक्राउ गर्न साथ मधेसीबाट भागेर भारत बसेका आपराधिक ग्याङ्को होस हवास उड्न थालेको जानकारहरु बाताउँछन् ।


आखिर कसरी पक्राउ पर्यो तसिरहाको झिजोल गाउँका निवासी सामोननाथ यादवलाई आरके यादव र उमेश यादवले वरियापट्टी गाउँबाट अपहरण गरेका थिए। त्यस पछि उनको परिवारका सदस्यबाट १ करोडको फिरौतीको माग गरिएको थियो। यसैबीच, नेपाल प्रहरीले अपहरण गरेको सोमनाथलाई भारतको सुपौल जिल्लामा कतै अपहरणकारीहरूले लुकाएर राखेको जानकारी पाए। इन्टरपोल नयाँदिल्लीले जारी गरेको रेड कार्नर सूचना पछि सुपौल एसपी मनोज कुमारलाई यसबारे पूर्ण जानकारी दिइयो।
यसैक्रममा ; सोमनाथ यादवको अपहरण गरि शरिर वन्धक बनाई वेपता बनाएको कसुरमा भारतीय प्रहरीसंग २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहले समन्वय गरि यादवको अपहरणमा संलग्न भारतीय नागरिक उमेश यादवलाई प्रदेश २ प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिराहामा अनुसन्धान भैरहेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहले कुख्यात अपराधी रामकुमार यादवलाई पक्रन सुपौल पुलिसको सहयोग लिएको थियो। त्यसपछि एसपी मनोज कुमारले डीएसपी रामानन्द सिंह कौशलको नेतृत्वमा एसआईटी गठन गरे र आफैंले अनुगमन गर्न थाले। यसैबीच एसआईटीले सूचना पाए कि अपहरण पछि सोमनाथ यादवलाई सुपौल र मधुबनी जिल्लाको केही ठाउँमा राखिएको छ र हरेक दिन बसोबास गर्ने ठाउँ बदल्छ। पुलिसलाई सूचना प्राप्त भयो कि उमेश यादवको घर निर्मलीको महुआ गाउँमा राखिएको छ। अपहरणकारीका बाबु हरि नारायण यादवको बयानमा निर्मली प्रहरी चौकीमा पनि मुद्दा दर्ता भएको छ। यस अपहरणमा संलग्न मधुबनी जिल्ला निवासी सतीश यादव पक्राऊ परेका थिए।


सोमनाथ यादवको हत्या भइसकेको थियो
यस घटनामा पक्राउ परेका सतीश यादवसंग प्रहरीले सोधपुछमा हत्याको स्वीकार गर्दै सोमनाथको हत्या गरेपछि उनको लास कोसी नदीमा फ्याँकिएको बताए। त्यसपछि पुलिसले गोताखोरको सहयोगमा ठाउँ खोज्यो, तर कोसी नदीमा पानीको कारण शरीर भेटिएन।


त्यसपछि पुलिसले अनुसन्धान जारी राखी अपहरणको मोबाइल आरके यादवको ससुरालबाट बरामद गरेको छ । सिरहाको गोठटोलमा रहेको आरके यादवको घरमा प्रहरीले छापा मारे तर आरके यादव फेला परेन।

आरके यादव भारतको नयाँदिल्लीमा लुकिरहेका थिए
त्यसै क्रममा सुपौल र प्रदेश २ प्रहरीले आरके यादवको खोजी गर्दै थिए, तब आरके यादव नयाँदिल्लीमा थिए। सूचना पाउने बित्तिकै सुपौल पुलिस र प्रदेश २ प्रहरीको सन्युक्त टोलिले उनलाई नयाँदिल्लीबाट पक्राउ गरी सुपौलमा ल्यायो।
भारतलगायत नेपालमा दर्जनौं मुद्दा दर्ता भएका छन्
अपराधी आरके यादव पक्राउ मात्र नेपालको लागि मात्र होइन इन्टरपोल र धेरै ठूला संस्थाहरुको लागि ठूलो सफलता हो। त्यसमाथि नेपाल र भारतमा दर्जनौं हत्या, अपहरण, डकैती, बम बिष्फोटनका घटनाहरू दर्ता भएका छन्। यस गिरफ्तारीले फेरि नेपाल र भारतको सहयोगलाई सुदृढ पार्नेछ। भनिएको छ कि एसपी मनोज कुमारले पक्राउ परेका आरोपीलाई जेल पठाउने कि नेपाल प्रहरीको जिम्मा लगाउने बारे पछि निर्णय गरिने बताए । साथसाथै उनले भने कि यी अपराधीहरुलाई पक्राउमा नेपाल र भारतबीचको सहयोग अझ बढ्ने छ।


नेपालमा घटना -१ : राम कुमार यादव जिल्ला सप्तरी सुरुङगा न.पा.वडा नं.०६ बस्ने देव नारायाण चौधरको छोरा वर्ष २६ को दिपेन्द्र कुमार चौधरी , सप्तरीको खडग नगरपालिका वडा नं. – ३ बस्ने जुगेश्वर साहको छोरा वर्ष ३७ को अशोक साह , सकिर मिया , सुनसरीकोसिगिया गाबीस – ५ बस्ने बलु चौधरीको छोरा वर्ष ४१ को पशुपति चौधरीले मिति २०७५।१०।०९ गते प्रहरी चौकी विसनपुर , सप्तरीबाट प्र.स.नि. विर बहादुर कार्कीको कमाण्डमा खटिएको गस्ति प्रहरी टोलीलाई लक्षित गरि मोटरसाईकलमा २ जनाको संख्यामा आएका अपरिचित हतियारधारी समुहले गोली प्रहार गरि प्रहरी चौकी विसनपुर सप्तरीमा कार्यरत प्र.ह. महेन्द्र प्रसाद सतरालाई गम्भिर घाईते बनाई भागी फरार भएकोमा सो घटनामा संलग्न अपराधीको खोजतलास तथा पहिचान गर्ने क्रममा सिरहाको सुखीपुर महादेवा स्थित गोठ टोल बस्ने सिजन भनने राम कुमार यादव समेतको संलग्नतामा प्रहरी हवलदार महेन्द्र प्रसाद सतरालाई गोली प्रहार भएको पाइएको थियो ।


घटना २ : सिरहाको सखुवान्नकट्टी गाबीस वडा नं. ०१ बस्ने सुखै यादवको छोरा वर्ष ३१ को बिन्देश्वर यादवलाई फुलहाकट्टी गा.वि.स. वडा नं.०५ बस्ने रामेश्वर यादवको छोरा वर्ष ३० को राम कुमार यादव ,बिन्दे भन्ने विन्देश्वर यादवले बिन्देश्वर यादवलाई अपहरण गरी लगि शरिर बन्धक वनाई फिरौती बापत २ लाख ५० हजारलिई मिती २०६८।७।१ गते सप्तरीको मलहनीया भन्ने ठाउबाट मुक्त भएको थियो । त्यसपछि रमेश्वर यादवले रामकुमार र बिन्देमाथी जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा हालेको थियो ।
घटना ३ : जिल्ला सिरहाको धनगडीमाई न.पा. वडा नं.०९ बस्ने सुरन महतोको छोरा वर्ष ४३ को बेचन भन्ने रामवृक्ष यादव ,सिरहाको धनगडीमाई न.पा. वडा नं.०५ बस्ने रामेश्वर यादवको छोरा वर्ष ४२ को राम कुमार यादवले मिति २०७५।०४।२५ जिल्ला सिरहाको धनगढीमाई नगरपालिका – १३ स्थितमा बेचन भन्ने रामबृक्ष महतोको भाई प्रदिप कुमार यादवलाई गोली हान्दा घाईते बनाएका थिए ।

घटना ४ : सिरहाको धनगडीमाई नगरपालिका वडा नं.०५ बस्ने रामेश्वर यादवको छोरा वर्ष ४२ को राम कुमार यादव ,जिल्ला सिरहा धनगडीमाई न.पा. वडा नं.११ बस्ने बिल्टा धामि चौधरीको छोरा वर्ष ४६ को छतरु नारायण चौधरीको सवारी साधनहरु चेक जाचँ गर्ने क्रममा पुर्वबाट पश्चमि तर्फ आउदै गरेको स ५ प ३७४१ नं. को मोटर साईकल रोकी चेक चाज गर्दा उक्त मोटर साईकल चालक चितुर नारायण चौधरीले बोकेको कालो रातो रंगको झोलाबाट हतियार थान १, ऐ. को म्याग्जनि थान २, ऐ. को गोली ५ , स्वतन्त्र तराई निर्माण सेना केन्द्रिय व्युरो लेखएिको पर्चा २ समेत फेला परेको थियो ।


घटना ५ : सिरहाको धनगडीमाई नगरपालिका वडा नं.०५ बस्ने रामेश्वर यादवको छोरा वर्ष ४२ को राम कुमार यादव,सिरहाको धनगडीमाई न.पा. वडा नं.०९ बस्ने सुनार महतोको छोरा वर्ष ४३ को रामवृक्ष महतोले सिरहाको धनगडीमाई न.पा. वडा नं.१३ बस्ने राम प्रसाद यादवको छोरा वर्ष १७ को बलरामधन यादवलाई मिति २०७५।०४।२५ गते धनगढी ५ स्थित वेचन यादवको भाई प्रदिप कुमार यादवलाई गोली हानि प्रदिप कुमार यादवलाई घाइते बनाएका थिए ।


घटना ६ : सिरहाको सुखिपुर नगरपालिका वडा न ५ स्थित जि.सि. अयोध्यानगर ८ बस्ने वर्ष २९ को प्रदिप कुमार यादवको भाइ गंगा प्रसाद यादवलाई अपहरण गरि राम कुमार यादवले हत्या गरेको थियो ।


घटना ७ : सिरहाको जिम्झौल गा.वि.स. ४ वस्ने वर्ष ३८ को अर्जुन भन्ने अशिन्द्र यादवलाई प्रहरीले हतियार सहित पक्राउ गरेको थोयो । यादवको बयान बाट खुल्न आएको मिति : २०६७/११/०६ गते अर्जुन भन्ने असेन्द्र यादव र राम कुमार यादव रहेको थियो ।
घटना ८ : सिरहाको कचनारी ३ वस्ने राम स्वरूप भगतलाई २०६७/१०/१५ गते रामकुमार यादव र अर्जुन भन्ने असेन्द्र यादवले अपहरण गरेको थियो । पछी अपहरण मुक्त

भई यादवले दुबै जनामाथि जाहेरी दिएको थियो ।
घटना ९ : मिति २०६८।०५।०३ गते जिल्ला सिरहाको लहान स्थितबाट सिरहाको तनवापट्टी २ वस्ने सन्जीव यादवको भाई सन्दीप यादवलाई अपहरण गरी हाल सम्म अपहरण मुक्त भएको छैन् । मुलुकी ऐन २०२० को अपहरण तथा शरिर बन्धक लिने महलको १,२,३ र ७ बमोजिम कसुर गरेकोले ऐ.ऐनको महल ३ बमोजिम माग दाबी लिएको थियो ।


घटना १० : जिल्ला सिरहाको गोलबजार न.पा.४ स्थितमा रामकुमार यादवले बम विष्फटन गराएको थियो ।
घटना ११ : मिति २०७७।१२।०१ गते जिल्ला सिरहाको लहान नगरपालिका – वडा नं.८ स्थित २ नं. रोडमा रहेको मालपोत कार्यालय लहानको भवनको पहिलो तल्लामा बिष्फोटन गराएको , त्यसमा ८ जना सेवाग्रही घाईते समेत भएका थिए ।
घटना १२ : मिति २०७७।०९।०७ गते जिल्ला सिरहाको सुखिपुर नगरपालिका वडा नं.७ स्थित सुखिपुर नगरपालीकाको कार्यालयको पहिलो तल्लामा प्रेशरकुकर बम राखि तराई जनतान्त्रिक मुक्ति मोर्चा लेखिएको जय कृष्ण गोईतको हस्ताक्षर रहेको पर्चा समेत फेला परेको थियो । मुख्य योजनाकार रहेका राम कुमार यादव हाल भारत सिसवा वरही ग्राम थाना फुलप्रास अनुमण्डल अफिसको नजिक अं. ५०० मिटर एवं वरियार टोलमा राजकुमार यादव भनेर चिनिने राम कुमार यादव हाल भारत देवि प्रसाद यादवको छोरी रुणा देवि यादव संग विवाह गरी वस्दै आएको थियो ।


प्रदेश २ मा शान्ति सुरक्षा कायम गर्न ८ वटै जिल्लाका विभिन्न ठाउँठाउँमा सिसिटिभी जडान गराइएको छ । डीआईजी सिंहका अनुसार आफुले कानुनी परिधिभित्र रहेर कामहरु गरेका छौँ । सेवाग्राहीहरुले यसको मुल्याकंन गर्नेछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh