काठमाडौं । नेपालमा विभेद कहाँ छ्न भनेहरुको लागि MCC विरुद्ध को आन्दोलन र किसान आन्दोलन लाई तुलना गर्न सकिन्छ । सरकार पनि त्यही हो जनता त्यही तर गरिने व्यावहार मात्र फरक देखियो ।

मेरो व्यक्तिगत समर्थन जति किसान आन्दोलन प्रती छ, त्यति नै समर्थन MCC विरुद्ध आन्दोलन प्रती पनि छ । प्रशन मात्र मांसिकता माथि उठेको छ । किन यस्तो दोधारे व्यावहार, एक ठाउमा शान्तिपूर्ण आन्दोलन हुदा महिला र किसानमाथी निर्मम प्रहार गरि टाउको फुटाइन्छ, खुट्टा भाचिन्छ, मुद्दा दर्ता हुन्छ तर अर्को ठाउमा आन्दोलन हुदा प्रहरी लखेटिन्छ, प्रहरी कुटाइ खान्छ र यसको बदलामा पानीको फोहरा ले स्वागत गरिन्छ ।
यहि ठाउँमा मेरो प्रशन पत्रकारहरुसँग पनि छ्न, काठमाडौ को घटनालाइ अराजक भन्ने हिम्मत पनि नगर्ने तर किसान आन्दोलनलाई अराजक, गुण्डागर्दी को संज्ञा दिने ।
मांसिकता परिवर्तन गर्नु व्यावहार आफै परिवर्तन हुन्छ । जस्तै हिमाल, पहाड, तराइ कोइ छैन पराइ शव्दमा उल्लेख छ्न त्यस्तै व्यावहारमा ल्याउनुस देशमा एकता को संकेत देखिन्छ ।
