काठमाडौं । बैंकिङ्ग कसुर र लिखत सम्बन्धी कसुर मुद्दाका फरार अभियुक्तलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने ३८ वर्षीय मोहन बहादुर तामाङ छन् । उच्च अदालत पाटनबाट २०७६ चैतमा फैसला भएको बैंकिङ्ग कसुर मुद्दामा उनि फरार थिए ।
जिल्ला अदालत काठमाडौंले २०७८ पुसमा उनीविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको महाशाखाका प्रवक्ता (एसपी) कृष्ण प्रसाद कोईरालाले बताए ।
