धनुषा । धनुषाको कमला खोलमा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको आरोपमा प्रहरीले एक स्काभेटर र आधा दर्जन भन्दा बढी टिपर नियन्त्रणमा लिएको छ ।

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन् गररिरहेको उजुरीको आधारमा प्रहरी चौकी पोर्ताहा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको संयुक्त प्रहरी टोलीले सो स्काभेटर र टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
यसैबीच सरकारी मोटरसाइकल चोरी गरेको आरोपमा एक नाबालकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ बस्ने श्याम यादव (नाम परिवर्तन ) रहेको धनुषा प्रहरी नायब उपरीक्षक बस्नेत रहेका छन् ।
आरोपितले धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित ठाडी का वडा अध्यक्ष विनोद गोईतमान चढ्ने पल्सर मोटरसाईकल चोरी गरेको आरोप लागेको छ।

















