सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरीसहित ३ जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले घरमा गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सोमबार घर तलासी गरेको थियो ।

तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर २–०१–००३ प ५२ १७ नम्बर र स ५ प १०२० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

















