रौतहट । तेस्रो मुलुकबाट ठूलो परिमाणमा केराउ आयात गरी भारततर्फ तस्करी हुने क्रम बढेको छ। सुक्खा सेतो र हरियो रंगको केराउ आयातमा नेपाल सरकारले राजस्व दरबन्दी न्यून राखेपछि यसको तस्करी गर्ने क्रम बढेको हो । प्रदेश १ , मधेस प्रदेश र प्रदेश ५ को सीमा क्षेत्रमा नेपालबाट भारततर्फ मरिच, केराउ र छोकडा विशेषगरी तस्करी गरिएको हो।

नेपालबाट भारतमा महँगोमा ती समान बिक्री हुने भएकोले तेस्रो मुलुकबाट ती समान मगाएर भारत पुर्याउने गरिएको हो।
अस्ट्रेलिया र क्यानडाबाट जहाजबाट आउने केराउ कोलकाता हुँदै वीरगंज श्रीसिया सुक्खा बन्दरगाहमा आइपुग्छ भने वीरगंजबाट बारा, पर्सा , महोत्तरीसँगै तराईका विभिन्न जिल्लाको ग्रामिण नाका भएर यी सामानहरु भारत तस्करी गर्ने ठूलो गिरोह यस कार्यमा सक्रिय छन्।
रौतहटको पश्चीमी नाका इशनाथ नगरपालिका २ को औरैयाबाट केराउ (मटर) संगठित तस्करहरुले भारत लैजाँदै गरेका छन ।केही दिनयता रौतहटको विभिन्न नाकाहरुबाट तस्करहरुले मटर र मरिचको ठूलो कारोबार अवैध रुपमा गरिरहेका छन । रौतहटको बजारमा निकै न्यून मात्रामा खपत रहेको मटर र मरिच दैनिक पचास टन भन्दा बढी व्यापारीहरुले मगाइरहेका छन् । यसरी व्यापारीले ल्याएको ९० प्रतिशत मटर र मरिच सीमावर्ती भारतीय बजारहरुमा तस्करी भइरहेको छ ।
रौतहटको पूर्वी नाका लक्ष्मीपुर बेलबिछवा र पश्चीमी नाका बंकुल, औरैया लगायतका आधा दर्जन नाकाबाट तस्करी बढेको छ ।नेपालबाट भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणमा केराउसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।कपिलवस्तुको मर्यादपुर प्रहरी चौकीबाट चेकिङमा खटिएको टोलीले नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको ट्रकलाई रोकेर चेक गर्दा ५ हजार केजी केराउ बरामद भएको हो। युपी ५५ टी २२९५ नम्बर ट्रकमा पाँच हजार केसी केराउ फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।प्रहरीले भारत जिल्ला सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई नियन्त्रणमा लिएको छ।नेपालमा भन्सार छलेर भारततर्फ लैजादा मनग्य फाईदा हुने समुह सक्रिय रहेको छ।
विदेशबाट आयात गरिएका उत्पादन विदेशमै पैठारी गर्न नेपालको कानुनले वर्जित गरेको छ । तर, स्वदेशमै मागअनुसार पूर्ति भइरहेका उत्पादन पनि तेस्रो मुलुकबाट आयात गरेर भारतमा तस्करी भइरहेको छ । तस्करीमा बल पुग्ने गरी आयात खुकुलो बनाएको सरकारले तस्करी रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिमानास्थित भन्सार कार्यालयलाई पनि निर्देशन दिएको छ ।दोस्रो मुलुकबाट आयात गरिएका वस्तु प्रशोधन गरेर तेस्रो मुलुक निर्यात गर्न पाइने भए पनि जस्ताको तस्तै लैजान पाइँदैन ।
तर, स्वदेशी उत्पादनले नै धान्ने केराउ, मरिच, सुपारीको ठूलो मात्रामा आयात हुनु र यिनै वस्तु सीमाबाट अवैध रूपमा भारत लगिएका घटनाले तस्करीकै लागि ल्याइएको प्रस्ट पार्छ । नेपालमा निकै कम खपत हुने पप्पी सिड पनि ठूलो मात्रामा आयात भएर भारततर्फ तस्करी हुने गरेको छ । भन्सार विभागको चालू आवको तथ्यांकअनुसार केराउ, मरिच, छोकडा, सुपारी र पप्पी सिड आयातमा नेपालबाट एक अर्ब १४ करोड ५५ लाख ७९ हजार रुपैयाँ बाहिरिएको छ ।
नेपालमा विगतका वर्षझैँ गत आर्थिक वर्ष पनि सरकारले ८० हजार टन केराउ ल्याउन स्वीकृति दियो । त्यसमध्ये चार हजार नौ सय ६० टन आयात भइसकेको छ । म्यानमार र अफ्रिकी मुलुक मलवीबाट ल्याइएको यो केराउको मूल्य ४६ करोड २० हजार परेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !