काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।बिहीबार महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन् ।

काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए ।
उनले मोटरासाइकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सुचना संकलन भैरहेको जानकारी दिए । मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भइरहेको बताए । महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाइकल हराएको भनि निवेदन परेको मध्ये ३०९ वटा मोटरसाइकल फेला पारेको हो ।
जस मध्ये २४४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।त्यस्तै बिभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाइकलसहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान एव कारबाहीको लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !