मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको घोषणा गरेका पूर्व अध्यक्ष कमल थापाले अब सक्रिय रुपमा राजतन्त्रको एजेण्डा बोकेर हिँड्न नसक्ने बताएका छन् ।

मंगलबार गृह नगर हेटौंडा पुगेर थापाले आफूनिकट नेताहरुसँगको अन्तक्रियामा अब सक्रिय रुपमा राजतन्त्रको एजेण्डा बोक्न नसकिने बताएका हुन् ।उनले भने, ‘अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं । राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ ।
उहाँले रेस्ट गर भन्नु भएको भए म उठ्दैन थिएँ । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’आफूले नै हुर्काएको राप्रपाबाट अलग अन्ततः अलग भएका थापा नयाँ दल खोल्ने तयारीमा गृहजिल्लातिर निस्केका थापाले पूर्वपार्टीमा राजाको सक्रिय हस्तक्षेपकै कारण अध्यक्षमा पराजित भएको पनि दोहोर्याए ।
पूर्वअध्यक्ष थापाले आफूलाई राजाले पछाडिबाट छुरा हानेको पनि आरोप लगाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !