काठमाडौं । प्रहरीले स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २९ वर्षीय नवराज ढुंगाना छन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको विशेष टोलीले उनलाई मंगलबार बालाजु बाइपासबाट पक्राउ गरेको कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बताए । उनका अनुसार ढुंगानाले हुण्डीको रकम बोकेर हिँडेको पाइएको छ ।
उनलाई जापान बस्ने एक युवकले रकम दिन भनेका थिए । ढुंगानामाथि थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइएको छ ।बालाजुले राजश्व अनुसन्धान विभाग पठाउने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !