दाङ। दाङमा प्रहरीले करिब आठ किलो लागूऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय दाङले घोराही बसपार्कबाट ७ किलो ७७९ ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा पूर्वी रूकुमको चुनावाङ घर भई घोराही-१४ बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही-१८ का ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !