लण्डन । युवराज चाल्र्स राजा बनेपछि क्यामिला नै रानी बन्ने बेलायती महारानीको भनाइ सार्वजनिक भएपछि बेलायती रानीको बारेमा रहेको अन्योल हटेको छ । राजकुमारी डायनाको मृत्युपछि दोस्रो बिहे गरेका युवराज चाल्सले क्यामेलासंग दोस्रो बिहे गरेपछि उनले रानीको हैसियत पाउने नपाउने बारेमा वेलायती राजदरबारले अहिलेसम्म मुख खोलेको थिएन ।
गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन् । उनले युवराज चाल्र्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने महारानीले स्पष्ट पारेकी छन् । क्यामिला युवराज चाल्र्सकी दोस्रो हुन् ।
युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चाल्र्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गरेका थिए । चाल्र्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको थियो । तर महारानी एलिजावेथले युवराज चाल्र्सले गद्दी आरोहण गरेपछि उनीसँंगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई अन्त्य गरिदिएकी छन् ।
पन्चानब्बे वसन्त पार गरेकी महारानी एलिजावेथले लिखित एक सन्देशमा भनेकी छन् , ‘मेरो छोरा चाल्र्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !