Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

यादवमाथि छुरा प्रहार प्रकरणमा राजनीतिकरण : नेपाली कांग्रेस एकातिर, अरु सबै अर्कैतिर

यादवमाथि छुरा प्रहार प्रकरणमा राजनीतिकरण : नेपाली कांग्रेस एकातिर, अरु सबै अर्कैतिर

जयनाथ यादव / सिराहा । सिरहाको सिमाबत्ती क्षेत्र नवराजपुर गाउँपालिका ४ का रामरिझन यादवमाथि पुस २९ मा छुरा प्रहार भयो । युवाहरुको एक समूहले गरेको छुरा प्रहारबाट यादव गम्भीर घाइते भए । स्थानीय जनता न. प्रा. मावि सोनवर्षा नजिकै व्यस्त सडकमै छुरा प्रहार गरिएको थियो । उनी सडकमा लडेको देखेपछि स्थानीयले उद्धार गरी नजिकै एउटा औषधी पसल पुर्‍याए । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई लहान र त्यसपछि विराटनगर रेफर गरियो ।

विराटनगरस्थित विराट नर्सिङ होममा दुई दिन उपचार पश्चात उनी घर फर्किए । घर आएलगत्तै उनीले ईलाका प्रहरी कार्यालय पतारीमा उजुरी दिँदा प्रहरीले दर्ता मानेन् । त्यसपछि उनले पत्रकार सम्मेलन गरे, अनी बल्ल माघ ९ मा प्रहरीले आरोपी ६ जनामाथि मुद्दा दर्ता गर्यो ।

स्थानीय सन्तोष यादव, विनोद यादव, रामअधिन यादव, कृष्णा मण्डल, देवराम यादव र रोस्तम मियाँमाथि मुद्दा दर्ता भएको छ । जसमा सन्तोष यादवलाई मुख्य अभियुक्त बनाइएको छ । प्रहरीले आरोपी रोस्तम मियाँ र कृष्णा मण्डललाई पक्राउ गरेर अनुसन्धान तथा कारबाही समेत अगाडि बढाइसकेको छ ।

यता, आराेपीहरुले पनि पीडित पक्षका ७ जनामाथि मुद्दा दर्ता गराएपछि घटनाले राजनीतिक रुप लिएको छ । आरोपीको तर्फबाट रबि मण्डलले स्थानीय दिपेन्द्र यादव, राजकुमार यादव, रामवोध साह, उमेश यादव, धर्मनाथ यादव, रामरिझन यादव र बब्लु यादवमाथि जिल्ला सरकारी कार्यालयमा ज्यान मार्ने उद्योगमै मुद्दा दर्ता गराएका छन् ।

दिपेन्द्र यादव नेकपा एकिकृत समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष हुन् । उनीसहितका ७ जनाले पुस २९ गते राति आक्रमण गरेर आफ्नो ज्यान मार्ने प्रयास गरेको आरोप मण्डलले लगाएका छन् । मण्डल नवराजपुर गाउँपालिकाको कार्यालय सहयोगी पनि हुन् ।

पुस २९ साँझमा छुरा प्रहारबाट घाईते रामरिझन राति उपचारका लागि विराटनगर पुगिसकेका थिए । मण्डलले उनीमाथि पनि मुद्दा दर्ता गराएको छ । रामरिझनमाथि छुरा प्रहार गर्नेहरुमाथि मुद्दा दर्ता भएपछि प्रतिशोध लिन आरोपीको मतियार बनेर काउण्टर मुद्दा दिएको मण्डलमाथि आरोप लागेको छ ।

गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले कार्यालय सहयोगी मण्डललाई प्रयोग गरेर प्रतिशोध लिन आफूहरुमाथि मुद्दा दर्ता गराएको नेकपा एसका गाउँपालिका अध्यक्ष यादवले बताए । प्रहरीले मुद्दा दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा गएर दुःख दिने नियतले मुद्दा दर्ता गराएकाे उनको भनाई छ ।

उनले जनप्रभाव संगभने, ‘छुरा प्रहार भएको रामरिझन काकाका छोरा छन् । उनीमाथि छुरा प्रहार गर्नेहरुमाथि मुद्दा दर्ता नगर्न गाउँपालिका अध्यक्ष लगायतले प्रहरीलाई दबाब दिएका थिए । तरपनि मुद्दा दर्ता भएपछि प्रतिशोधन लिन आफूहरुमाथि काउण्टर मुद्दा दर्ता गराएका छन् ।’

उनका अनुसार मण्डलले मुद्दा दर्ता गराएकामध्ये धर्मनाथ यादव लहानस्थित मुक्तिनाथ विकास बैंकमा सुरक्षा गार्डको काम गर्छन् । जुन दिन (पुस २९ मा) मार्ने उदेश्यले आफूमाथि आक्रमण गरेको भनेर मण्डलले आरोप लगाएका छन् । त्यो दिन यादव बैंकमै थिए । बैंकको सिसिटिभी फुटेजमा पनि गएर हेर्न सकिन्छ ।’

दुई पक्षले एक अर्कामाथि मुद्दा दर्ता गराएपछि गाउँपालिकामा राजनीतिक ध्रुविकरण भएको छ । नेपाली कांग्रेस मण्डलको पक्षमा उभिएको छ भने नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एमाले लगायतका सबै दल एक भएका छन् । अर्थात् कांग्रेस बाहेक सबै दल रामरिझनका पक्षमा देखिएका छन् ।

रामरिझनको पक्षबाट माओवादी केन्द्रका संघीय सांसद सुरेशचन्द्र दास यादव, नेकपा एसका नेता एवं प्रदेश मन्त्री प्रमोद यादव, नेकपा एसकै प्रदेश अध्यक्ष रामचन्द्र यादव, जसपा गाउँपालिका अध्यक्ष शिव उदगार यादव लगायतका नेताहरु शुक्रवार सिरहा पुगेर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर पीडितलाई न्याय र अपराधीलाई कारबाही गर्न दबाब दिएका छन् ।

सो क्षेत्रबाट निर्वाचित सांसद यादवले छुरा प्रहार गर्नेहरुमाथि मुद्दा दर्ता भएपछि काउण्टरमा आरोपीहरुको पनि मुद्दा दर्ता हुनु दुःखद रहेको बताए । उनले सरकारी वकिल कार्यालयले घटनाको छानविन समेत नगरी पीडितहरुमाथि मुद्दा दर्ता गरेपछि सिडिओ र एसपीलाई भेटेर अपराधीलाई कारबाही र झुठा मुद्दा खारेज गर्न आग्रह गरेको बताए ।

उनले भने, ‘एसपी र सीडीओले हामीले छलफल गर्दैछौं केहि समय दिनुस् भनेर भन्नुभयो । उचित निकास दिने भनेर आश्वासन पनि उहाँहरुले दिनुभएको छ । त्यसैले हामी २/३ दिन पर्खिन्छौं । यदि पीडितलाई नै दुःख दिने काम भयो भने जनतालाई शान्ति सुरक्षा र अपराधीलाई कारबाही गराउन के के गर्नुपर्छ, गर्छौ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh