काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाको प्रक्रिया सुरु भएको छ ।बढुवा समितिले शुक्रबार एक सूचना जारी गर्दै डिएसपीमा बढुवाका आकांक्षीहरुलाई १० दिनभित्र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न भनेको छ ।
२०६२ फागुुन २१ मा फ्रेसमा भर्ना भएका सिसं ६ का इन्सपेक्टरहरु १६ वर्षदेखि डीएसपी हुन सकेका छैनन् । हाल सशस्त्रमा रिक्त डीएसपी पद संख्या ५७ छ ।
अब सिसं ६ का ५६ जना इन्सपेक्टरको बढुवा हुन लागेको हो । त्यस्तै, लेखातर्फ एक डिएसपी पदमा पनि बढुवा प्रक्रिया अघि बढाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !