Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काठमाडौंको दक्षिणकाली सार्वजनिक वन, जग्गा र खोलानाला मास्दै खानी सञ्चालन

काठमाडौंको दक्षिणकाली सार्वजनिक वन, जग्गा र खोलानाला मास्दै खानी सञ्चालन

काठमाडौं । काठमाडौंको दक्षिणकाली क्षेत्रमा क्रसर उद्योग, ढुंगा खानी र बालुवा खानीसम्बन्धी कम्पनीले अवैध रुपमा उत्खनन गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दक्षिणकाली नगरपालिका–७ र ८ क्षेत्रमा रहेका सार्वजनिक वन, जग्गा र खोलानाला क्रमिक रुपमा मास्दै खानी सञ्चालन भइरहेको उजुरीमा उल्लेख छ । सो क्षेत्रमा नाम्चे रोडा ढुंगा र झम्केश्वरी रोडा ढुंगा उद्योगले उत्खननको ठेक्का पाएका छन् ।

तर, ती उद्योगले मापदण्डविपरीत उत्खनन गरिरहेको र यसले आफूहरुलाई पनि असर परिरहेको स्थानीयले जनाएका हुन् ।
अवैध उत्खनन भइरहे पनि पालिका, प्रहरी तथा प्रशासनले पनि कारबाहीमा कुनै चासो नदेखाएको उजुरीमा उल्लेख छ । उजुरीमा यसको स्थानीय रुपमा विरोध गर्दा ज्यान मार्ने धम्की, डरत्रास देखाइएको जनाइएको छ । हाल उद्योगले उत्खनन गरेको क्षेत्रभन्दा ठीक तलबाट सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माण गर्दै छ ।

जभाभावी उत्खननले द्रुतमार्गमा पनि असर पर्ने उजुरीमा स्थानीयले जनाएका छन् ।संघीय राजधानीसँग साँधसीमा जोडिएको दक्षिणकालीको यो घटना प्रतिनिधिमात्र हो । उजुरीमा उल्लेख भएकै अवस्था काठमाडौंको फर्पिङ, भक्तपुर, ललितपुर, काभ्रे र सिन्धुपाल्चोकको छ । बढी मुनाफा हुने भएकाले यो अवैध व्यापारमा सरकारी निकायका उच्च अधिकारी, सुरक्षा अंगका अधिकारी र राजनीतिक नेतृत्वकै लगानी रहने गरेकाले समेत कारबाही फितलो हुँदै आएको छ ।

अख्तियारले अवैध रुपमा खानी उत्खनन भइरहेकोबारे कारबाही थालेपछि देशैभरबाट उजुरी आउन थालेको छ । खानी, प्राकृतिक स्रोतसाधन, नदीजन्य ढुंगागिट्टी बालुवालगायत वस्तुको अवैध उत्खनन भइरहेकोबारे अख्तियारमा उजुरी आउन थालेको हो । अख्तियारले विभिन्न खानी तथा नदीजन्य पदार्थको उत्खननको उजुरी आउन थालेको जनाएको छ ।

मापदण्डविपरीत ती प्राकृतिक स्रोतको दोहन भइरहेको उजुरीमा उल्लेख हुने गरेको अख्तियारको भनाइ छ । अख्तियारले यस्ता उजुरीमा कारबाही प्रक्रिया अघि बढाएको पनि जानकारी दिएको छ । हालै मात्र अख्तियारले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना र नौ कम्पनीविरुद्ध सवा अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । घिमिरेकै नेतृत्वमा गठित तीन सदस्यीय समिति (पहिलो) ले विभिन्न नौ सिमेन्ट उद्योगले अनुमतिपत्रमा तोकिएको परिमाणभन्दा बढी चुनढुंगा निकालेको भन्दै ३१ असार ०७६ मा पेश गरेको प्रतिवेदनमा एक अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति (राजस्व) उठाउनु पर्ने सिफारिस गरेको थियो ।

तर, १५ जेठ ०७७ मा उपमहानिर्देशक जयराज घिमिरेको संयोजकत्वमा गठित समितिको प्रतिवेदनअनुसार जम्मा १८ लाख मात्रै जरिवाना लिई राज्यलाई अर्बौं राजस्व घाटा लगाइ भ्रष्टाचार गरेको अख्तियारको दावी छ।वार्षिक स्वीकृत क्षमताभन्दा बढी (अधिक) चुनढुङ्गा उत्खनन र उत्पादन गर्ने सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रा.लि., मारुती सिमेन्टस् लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि., उदयपुर मिनरल्स टेक प्रा.लि., युनाइटेड सिमेन्ट प्रा.लि., सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रा.लि. र डोलोमाइट चुनढुंगा उद्योग प्रा.लि. समेतका नौ कम्पनीबाट वार्षिक एक–एक लाख रूपैयाँ जरिवाना लिने गरी निर्णय भएको थियो।

क्षतिपूर्ति (राजस्व) उठाउने कर्तव्यबाट विमुख भई सामान्य जरिवाना मात्र लिई सरकारलाई एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानीनोक्सानी पुराएको अख्तियारको दाबी छ । सोही अनुसार भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh