दाङ। दाङमा प्रहरीको सई हुँ भन्दै लुटपाट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा घोराही-१७ करजाइका २५ वर्षीय अनिल पुन रहेका छन्।

प्रहरीका अनुसार घोराहीको आर्मी ब्यारेक नजिकैबाट बुधबार राति १० बजे आफूलाई प्रहरीको सई बताउँदै पुनले मार्शल पुनमगर र सन्तोष खड्काको मोबाइल र नगद चार हजार लुटपाट गरी फरार भएका थिए।
पीडितले प्रहरीमा घटनाबारे जानकारी गराएपछि खोजी गर्नेक्रममा पुनलाई बिहीबार पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !