झापा । झापाको बिर्तामोड नगरपालिका ५ पञ्चकन्या चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय सुनिल लिम्बु रहेका छन् ।

हिजो बेलुका ६ बजे अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाईल थान-२ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !