सिराहा । सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र सिराहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिना एकसाथ सोमबार दिउसो सडकमा भेटिए ।

सिराहा जिल्लामा कोभिड सङ्क्रमण बढ्दै गएपछि बरियारपट्टि , सिराहा र बरियारपट्टि बजार क्षेत्रमा ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन गर्दै सिडियो कवारी र एसपी तिमिल्सिना सडकमा देखिएका हुन् ।

सिडियो र एसपीसहितको टोलीले मास्क वितरण गर्दै सडकमा सर्वसाधारणलाई कोभिड सचेतनासम्बन्धी जानकारी दिँदै उनीहरुसहितको टोली सडकमा देखिएको हो। उनीहरुले बरियारपट्टिको डाेम टोल लगाएतका स्थानमा बिना माक्स हिडेका सर्वसाधारणलाई माक्स दिदै माक्स लगाएर हिडन आग्रह गरेका थिए ।

सो अभियानमा यात्रुहरुलाई समेत मास्क लगाउन प्रेरित गर्दौ खोप लगाएको–नलगाएको, खोप कार्ड भए नभएको, खोप नलिएकाहरुको गुनासा र समस्या समेत सुनेका थिए । जिल्ला प्रशासन कार्यालयका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेनालगायतको उपस्थिति रहेको थियो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका प्रमुख व्यक्तिहरु नै सडकमा देखेपछि सबै माक्स वितरण अभियानमाा सहभागी भए । सवारी साधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न कार्यक्रम सञ्चालन गरिएको एसपी तिमिल्सिनाले बताए ।

उनले मास्क नलाएकाहरुलाई अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गरेर अगाडि बढ्न आग्रह गरेको बताए । यस्तै सिडियो कवारीले कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले सो अभियान शुरु गरिएको बताए । कोरोनाबाट बच्न मास्क, पञ्जा र सेनिटाइजरको प्रयोग अनिवार्य गर्नसमेत उनले आग्रह गरे ।

















