काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।

आज (मङ्गलबार) प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले प्रधानमन्त्री देउवालाई बालुवाटारमा राष्ट्रिय सूचना आयोगको आव २०७७-७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

















