काठमाडौ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपालको प्रधानमन्त्री कि विदेशीको भनी जनतालाई जवाफ दिनुपर्ने बताएका छन् ।

उनले एमसीसी पारित गर्न देउवाले दबाब दिएर गठबन्धन सरकार नै भंग गरिदिने धम्की दिएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाएका छन् ।

आज ट्वीट गर्दै रावलले एमसीसी चाहिन्न भनेर नेपाली जनमत रहेको दाबी गर्दै देउवाले त्यसलाई बेवास्ता गरेर विदेशी दबाब सामु घुँडा टेकेको आरोप लगाए । उनले लेखेका छन्, ‘एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दबाबलाई बेवास्ता गर्ने तर विदेशी दबाब सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?’
फेसबुकबाट तपाईको प्रतिक्रिया !