काठमाडौं । राजस्व छलीको मुद्दामा उच्च अदालत पाटनले अदालतले तोकेको धरौटी बुझाउन नसकेर थुनामा परेका उमाशंकर रायभार आइतबार रिहा भएका छन् ।सर्वोच्च अदालतले रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो ।

आइतबार पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् । यसअघि २०७७ फागुन १७ गते उच्च अदालतले उनीसँग ७५ लाख रुपैयाँ धरौटी मागेको थियो, सो रकम तिर्न सकेपछि उनी नख्खु कारागार चलान भएका थिए ।
रायभारमाथि २८ करोड रुपैयाँ राजस्व छली गरेको आरोप छ । तर रायभारले भने आफ्नो नागरिकता दुरुपयोग गरेर सरोजकुमार मिश्रले राजस्व छली गरेको बताउँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !