वीरगञ्ज । प्रहरीले २१ ग्राम लागू औषध खैरो हिरोइनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार मोतिहारी ग्राम पंचायत हरपुर-१२ ग्राम रामपुर बस्ने नन्का हुसेनको छोरा ३२ वर्षीय नबाब हुसेन रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AP 6046 नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागु औषध हिरोइन फेला परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश गुप्ताका अनुसार उनले मोटरसाइकलको भाइजरमा लुकाएर २१ ग्राम खैरो हिरोइन ल्याउँदै थिए ।
पक्राउ परकेा उनीमाथि लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

















