काठमाडौं । आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ ।

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोकेको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा शनिबार साँझ जारी सूचनामा उल्लेख छ ।
संसद् सचिवालयले आइतबारका लागि सम्भावित कार्यसूची सार्वजनिक गर्नुका साथै कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाइसकेको थियो ।
आइतबारको बैठकको सम्भावित कार्यसूचीमा सहिद तथा पूर्वसांसद जगतबहादुर ताजपुरियाको निधनमा श्रदाञ्जली अर्पण गर्ने र थारू आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख थियो ।

















